कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

अब १४.२ किलोकै ग्यास

काठमाडौँ — नेपाल आयल निगमले चैत ३० गतेदेखि १४.२ किलो ग्यास (भरी सिलिन्डरको ग्यास ) बिक्री गर्ने निर्णय गरेको छ ।

अब १४.२ किलोकै ग्यास

खाना पकाउने ग्यासको अभाव घटेपछि निगम व्यवस्थापनले पुनः १४.२ किलो सिलिन्डरको ग्यास बिक्री गर्न ग्यास उद्योगीलाई निर्देशन दिएको हो । निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलका अनुसार ग्यास उद्योगीहरुले बिहीबारदेखि १४.२ किलो ग्यास रिफिल गर्नेछन् ।


भरी सिलिन्डरको ग्यास भने ३ दिन पश्चात मात्रै बिक्री गर्न पाइने उनले बताए । ‘बजारमा ग्यासको समस्या छैन । अभाव हटेपछि पुनः १४.२ किलोको रिफिल गर्न ग्यास उद्योगीलाई निर्देशन दिएका छौ,’ पौडेलले भने, ‘७.१ किलो ग्यास भरिएको सिलिन्डर बिक्री सकिएपछि १४.२ किलोको बिक्री हुन्छ ।’


आयात प्रयाप्त हुँदाहुँदै बजारमा अभाव देखिएपछि निगमले डेढ सातादेखि ७.१ किलो सिलिन्डर ग्यास भरेर बिक्री गर्न निर्देशन दिएको थियो । सोही अनुसार ग्यास उद्योगीहरुले रिफिलिङ गरिरहेका छन् । बिहीबारदेखि पुनः १४.२ किलो ग्यास भर्न प्रक्रिया सुरु हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।


‘उद्योगहरुले चैत ३० गतेभित्र ७.१ किलो सिलिन्डरको ग्यास बेचिसक्नु पर्छ,’उनले भने,‘त्यसपश्चात मात्रै १४.२ किलोको ग्यास बिक्री गर्न पाउँछन् ।’ ग्यास उद्योगीले डिलरलाई ग्यास पठाउँदा ग्यासको सम्पूर्ण विवरण निगममा पठाउनु पर्नेछ । डिलर/बिक्रेताले एक परिवारलाई एक महिनामा एउटा सिलिन्डर मात्रै बिक्री गर्न पाउने प्रवक्ता उपाध्यायले बताए ।

प्रकाशित : चैत्र २६, २०७६ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?