कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

निर्माणाधिन जलविद्युत्‌को काम सुरु

सरकारले ठूला आयोजना निर्माण गर्न दिने र सामाजिक दूरी कायम गरी निर्माण कार्य सुचारु गर्न निर्देशन दिएपछि प्रवर्द्धकले आयोजनाको निर्माण अघि बढाएको हो
आश गुरुङ

लमजुङ — कोरोना भाइरस संक्रमणको त्रास र सरकारको लकडाउनले बन्द निर्माणाधीन जलविद्युत् आयोजना तंग्रिन थालेका छन् । केही आयोजनाका निर्माण कार्य आंशिक रुपमा सुरु भएको छ ।

निर्माणाधिन जलविद्युत्‌को काम सुरु

झण्डै दुई साता बन्द आयोजनाको निर्माण कार्य पूर्णरुपमा अघि बढ्न सकेको छैन । निर्माणको अन्तिम चरणमा पुगेका केही आयोजनालाई सक्नुपर्ने दबाब छ । यस बर्ष नसक्ने आयोजनालाई वर्षायामको बाढीपहिरोबाट जोगाउनुपर्ने बाध्यता छ । जलविद्युतमा कार्यरत मजदुरमध्ये केही घर गइसकेको अवस्थामै आयोजनाले निर्माण सुरु गरेका हुन् ।

सरकारले ठूला आयोजना निर्माण गर्न दिने र सामाजिक दुरी कायम गरी निर्माण कार्य सुचारु गर्न निर्देशन दिए पछि प्रवर्द्धकले आयोजनाको निर्माण कार्य अघि बढाएको हो । दोर्दी करिडोरमा निर्माणाधिन पाँच आयोजनाका लागि दोर्दी गाउॅपालिकाले सर्त राखेर अघि बढाउन भनेपछि प्रवर्द्धकले निर्माणकार्य सुचारु गरेको छ ।

गाउॅपालिका अध्यक्ष ओमबहादुर गुरुङका अनुसार सरकारले लागु गरेको लकडाउनका सबै सावधानी पालना गरी निर्माण कार्य अघि बढाउन भनिएको छ । बढीमा १५/१५ जनाको समूहमा तीन/तीन मिटरको दुरीमा रहेर काम गर्नुपर्ने, आफ्नो कार्य क्षेत्रलाई सम्बन्धित वडाको वडाध्यक्ष र सरोकारवालाको उपस्थितिमा कार्य क्षेत्र तोकेर निषेधित क्षेत्रको सूचना टाास्नुपर्ने सर्त राखेको छ ।

उपाध्यक्ष दीलबहादुर घलेका अनुसार निर्माणक्षेत्रभित्र तोकिएको कर्मचारी तथा कामदार बाहेक अन्यँलाई प्रवेश रोक लगाउने र कामदारले तोकिएको क्षेत्रबाहेक अन्य काम गर्न नपाउने, कर्मचारी तथा कामदारको आवास र खानाको व्यवस्था तोकिएको क्षेत्रभित्र हुनुपर्ने सर्त पनि छ । सर्तअनुसार अन्य बजार, बस्ती तथा गाउामा जान पाइने छैन । क्वारेन्टाइनमा बसेर १४ दिन पूरा गरिसकेका कर्मचारी र कामदार बाहेकलाई प्रवेश निषेध गरिएको छ ।

कोरोना (कोभिड १९) को सन्त्राससंँगै सरकारले लकडाउन गरेपछि निर्माणाधिन नौ वटै जलविद्युत आयोजनाको निर्माण रोकिएको थियो । नौ वटा जलविद्युतको कूल क्षमता २ सय २ दशमलव १७ मेगावाट छ । दोर्दी करिडोरमा सुपरदोर्दी जलविद्युत आयोजना ‘ख’ र माथिल्लो दोर्दी ‘ए’ संगै २७ मेगावाटको दोर्दीखोला जलविद्युत आयोजना, १२ मेगावाटको दोर्दी–१ र ४ मेगावाटको माथिल्लो छन्दीखोला जलविद्युतको निर्माण रोकिएका छन् ।

मर्स्याङदी करिडोरमा ४० दशमलव २७ मेगावाटको सुपर न्यादी जलविद्युत आयोजना, ३० मेगावाटको न्यादी जलविद्युत आयोजना र २ दशमलव ४ मेगावाटको अपर स्याागे जलविद्युत, मिदिमखोलामा निर्माणाधिन ७ दशमलव ५ मेगावाटको मिदिमखोला जलविद्युत आयोजनाको निर्माणकार्य बन्द थियो । अधिकांश आयोजनाको काम सुरु भइसकेको छ ।

माथिल्लो दोर्दी ‘ए’ आयोजनाका निर्देशक राजेन्द्र वस्तीले ड्याम र टनेलमा निर्माण सुरु गरिएको बताए । ‘पावरहाउमा कामदार लाने/ल्याउने समस्याले अघि बढ्न सकेको छैन’ उनले भने । २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ को निर्माणकार्य ९७ प्रतिशत सकिएको छ । यही चैतमा निर्माण सक्ने भनिएको उक्त आयोजना तोकिएको समयमा नसक्ने भएको छ । ‘राम्ररी काम गर्न पाएमा एक महिनामा हामी सक्छौं’ उनले भने, ‘तर, वातावरण अहिले यस्तै छ ।’

५४ मेगावाटको सुपरदोर्दी जलविद्युत आयोजना ‘ख’ का प्रवन्ध निर्देशक केशवबहादुर रायमाझीले ‘प्रोटेक्सन’ को काम सुरु गरेको बताए । ‘कामदारको मनस्थित घर जान पाए हुन्थ्यो भन्ने छ । बर्खा लाग्न लाग्यो । भएको संरचनालाई कसरी जोगाउने भन्नेतर्फ लागेका छौं’ उनले भने ।

आयोजनाको ८५ प्रतिशत सकिएको छ । २७ मेगावाटको दोर्दीखोला जलविद्युत आयोजनाका निर्देशक गुरुप्रसाद ढकालका अनुसार आयोजनाको निर्माण कार्य सूचारु हुने क्रममा छ । ‘पावरहाउसमा मेशिनरी सामान जडान गर्नुपर्नेछ । यो बर्खाअगावै सक्नुपर्छ । मर्स्याङदीको भर छैन’ उनले भने, ‘यसअघि बनेको आयोजनाले पानी छोडेपछि सिधै पावरहाउसमा आउछ । पस्यो भने त दसौं करोडको नोक्सान हुन्छ । त्यसैले अघि बढाउनुपर्ने छ ।’ उनका अनुसार आयोजना ९० प्रतिशत सकिएको छ ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अध्यक्ष शैलेन्द्र गुरागाइाले आयोजनो निर्माण कार्य रोकिन नहुने बताए । ‘करोडौं, अरबौं लगानीका निर्माणलाई रोक्दा यसले आर्थिक भार थपिन्छ । बरु सुरक्षित रुपमा निर्माण कार्य अघि बढाउा भनेर पहल गरेका छौं’ उनले भने, ‘बरु निर्माण क्षेत्रमा स्थानीयले गर्ने अवरोधले समस्या बनाउने गर्छ । यसलाई निरुत्साहित गर्नुपर्छ ।’

उनले बन्द भएका आयोजना सुचारु हुने क्रममा रहेको बताए । प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काका अनुसार लमजुङका निर्माणाधिन जलविद्युत आयोजनाको निर्माणकार्य अघि बढेको बताए । ‘भीडभाड गर्न भएन । काम गर्ने वातावरण तय गरेर आयोजना संचालन गर्न भनेका छौं’ उनले भने ।

प्रकाशित : चैत्र २३, २०७६ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?