१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

नेपालको आर्थिक वृद्धिदर ५.३ प्रतिशत मात्रै : एडीबी

काठमाडौँ — सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर ५.३ प्रतिशतमा झर्ने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ ।

यो वृद्धिदर सरकारले गरेको अनुमानभन्दा ३.२ प्रतिशत कम हो । सरकारले यो वर्ष ८.५ प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान गरेको थियो ।


विश्वव्यापी रूपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण सरकारले गरेको लकडाउनले उद्योगधन्दा र व्यवसाय प्रभावित बनेको र वैदेशिक कामदारबाट आउने रेमिट्यान्ससमेत घट्ने भएकाले आर्थिक वृद्धिमा कमी आउने एडीबीको प्रक्षेपण छ ।


विशेषगरी धानसहित कृषिजन्य वस्तुको उत्पादनमा आउने कमीका कारण पनि आर्थिक वृद्धि प्रभावित हुने एडीबीको म्याक्रोइकोनोमिक अपडेटमा भनिएको छ । सन् २०२१ मा भने नेपालको आर्थिक वृद्धिदर बढेर ६.४ प्रतिशत हुने एडीबीको भनाइ छ । सन् २०२० मा मुद्रास्फीति ६ प्रतिशत बढ्ने एडीबीको अनुमान छ । यो अघिल्लो वर्ष रहेको ४.६ प्रतिशतभन्दा १.४ प्रतिशत बढी हो ।


प्रकाशित : चैत्र २१, २०७६ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?