कोरोना कोषमा २२ बैंकको २५ करोड सहयोग

काठमाडौँ — सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा अहिलेसम्म २२ वटा बैंकले करिब साढे २५ करोड (२५ करोड ४० लाख रुपैयाँ) योगदान गरेका छन् ।

कोरोना कोषमा २२ बैंकको २५ करोड सहयोग

बाँकी ५ बैंकले पनि निकट भविष्यमा सहयोग घोषणा गर्ने बैंकर्स संघले जनाएको छ ।


बैंक तथा वित्तीय संस्थाले उपचार कोषमा योगदान गरेको रकम संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) मा गणना गर्न पाउने सुविधा दिएपछि कोषमा रकम जम्मा गर्ने क्रम बढेको हो ।


बैंकहरूले ०७६ चैत ७ देखि इन्टरनेट/मोबाइललगायत विभिन्न विद्युतीय माध्यमबाट गरिने कारोबार तथा नेपालभित्र कुनै पनि एटीएम प्रयोग गरेबापत लाग्ने खर्च स्वयम् बेहोर्दै आएका छन् ।


यस्तै नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार चैतमा भुक्तानी हुने ब्याज रकममा १० प्रतिशत छूट दिने व्यवस्था गरिएको पनि संघले जनाएको छ । ‘यो व्यवस्थाले बैंकहरूको ब्याज आय करोडौं रुपैयाँले घट्ने भए तापनि ऋणीहरूलाई योगदान पुग्ने देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘चैतको किस्ता असारमा तिर्न सकिने व्यवस्थाले बैंकहरूलाई भारी व्ययभार हुने भए तापनि ऋणीहरूलाई भने राहत पुग्ने देखिन्छ ।’


अप्ठ्यारो परिस्थितिमा बैंकहरू आफैंमा पीडित भए पनि मुलुकको अर्थतन्त्रलाई टेवा दिन तथा सर्वसाधारणको हितका लागि योगदान तथा सहयोग गर्न पाउँदा गौरवान्वित भएको विज्ञप्तिमा उल्लेख छ ।


प्रकाशित : चैत्र २१, २०७६ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?