उपचार कोषमा आयल निगमको ५० करोड

काठमाडौँ — नेपाल आयल निगमले कोरोना भाइरस सक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५० करोड रुपैयाँ सहयोग गरेको छ । सहयोग रकमको चेक निगमले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्तान्तरण गरिएको जनाएको छ ।

उपचार कोषमा आयल निगमको ५० करोड

‘राष्ट्रिय विपद्को समयमा सरकारलाई सहयोग गर्ने निगमको कर्तव्य र दायित्वलाई निरन्तरता दिँदै उपचार कोषमा ५० करोड रुपैयाँ सहयोग गरेका छौं,’ निगमका प्रवक्ता विनीतमणि उपाध्यायले भने, ‘चेक बिहीबार नै हस्तान्तरण गरेका छौं ।’


सरकारले चालेको कदममा सहयात्री बन्न पाउँदा निगम परिवारले गौरव महसुस गरेको उनले बताए । कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि सबैले सहयोग गर्नसमेत निगमले अनुरोध गरेको छ ।


प्रकाशित : चैत्र २०, २०७६ १४:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?