कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लकडाउनयता मेची भन्‍सार हुँदै अढाई करोडको तरकारी आयात

पर्वत पाेर्तेल

काँकडभिट्टा — लकडाउनयता मेची भन्सार हुँदै करिब अढाई करोडको तरकारी र फलफूल आयात भएकोछ । मेची भन्सारका प्रमुख ध्रुवराज विश्वकर्माका अनुसार यो अवधिमा करिब अढाई करोड मूल्य बराबरको आलु, प्याज, लसुन, टमाटर तथा हरियो तरकारी भारतबाट आयात भएको छ । यो अवधिमा करिब ७ लाख मूल्यका फलफूलसमेत आयात भएको देखिएको छ । 

लकडाउनयता मेची भन्‍सार हुँदै अढाई करोडको तरकारी आयात

हवाई इन्धन र एलपीजी ग्यासबाहेक अन्य पेट्रोलियमको आयात छैन । करिब ४ करोडको एलपीजी आउँदा करिब २२ लाखको हवाई इन्धन आयात भएको छ । ‘पेट्रोल र डिजलको आयात छैन’, भन्सार प्रमुख विश्वकर्माले भने,‘तेल स्टोर भएर रहेको छ, खपत भएको छैन ।’


लकडाउनमा खाद्यान्नको रुपमा मकै र कोदोको आयात भएको छ । मूलत: यी दुवै अन्न मदिरा बनाउन प्रयोग हुन्छ । करिब २० लाखको कोदो र २७ लाखको मकै आयात भएको छ ।


यसका अलावा कोइला, क्लिङकर, छोकडा, मरिच, केराउ, सुपारीको आयात पनि यो अवधिमा भएको पाइएको छ । सरकारले तेस्रो देशबाट आयात भइरहेको छोकडा, मरिच, केराउ र सुपारीको आयात रोक्न भन्सार हरुलाई पत्राचार गरिसकेको छ । ‘नयाँ प्रतितपत्र (एलसी) खोलेर चाहिँ यी वस्तु आयात गर्न नमिल्ने सरकारी निर्णय हो’, भन्सार अधिकृत प्रकाश सुवेदीले भने,‘पहिल्यै एलसी खोलिएका सामान अहिले आयात भइरहेका छन् ।’


लकडाउन र नाकाबन्दीका कारण बंगलादेशसँगको व्यापार ठप्प छ । कोरोनाको संक्रमण हुन सक्ने भन्दै भारतले फूलबारी–बंगलाबन्द नाका सिल गरेका कारण बंगलादेशसँगको व्यापार ठप्प भएको हो ।

प्रकाशित : चैत्र २०, २०७६ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?