२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

लकडाउनमा फसेका पर्यटक तथा नेपालीलाई ओयोको निःशुल्क बास

काठमाडौँ — ओयो होटल एन्ड होम्सले लकडाउनमा फसेका पर्यटक तथा नेपालीलाई निःशुल्क आवासको व्यवस्था गर्ने घोषणा गरेको छ ।

लकडाउनमा फसेका पर्यटक तथा नेपालीलाई ओयोको निःशुल्क बास

लकडाउनका कारण घर फर्कन नपाएका पर्यटक तथा नेपालीलाई यस्तो व्यवस्था गरिएको ओयोले जानकारी दिएको छ ।


सरकारले कोभिड–१९ को महामारी फैलिन नदिन चैत २५ गतेसम्म लकडाउन गरेको छ । यस अवधिमा ओयोले चैत १९ देखि देशभर लकडाउनमा फसेका पर्यटक तथा नेपालीलाई निःशुल्क आवास उपलब्ध गराउनेछ । होटल सञ्चालक र कर्मचारीको सुरक्षाका लागि पर्यटकलाई चेक इन गर्नुअगावै कोरोना भाइरसका लक्षण जाँचेर कोरोना नलागेको पुष्टि गरिने कम्पनीले जनाएको छ ।


ओयोका सबै होटल सञ्चालकलाई संक्रमण फैलिनबाट रोक्न स्वास्थ्य र सुरक्षित उपाय अपनाउन निर्देशन दिएको ओयो होटेल नेपालका लागि कन्ट्री हेड विक्की योल्मोले जानकारी दिए ।


प्रकाशित : चैत्र १९, २०७६ २०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?