१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

२ सय ५० यात्रुसहित वाइडबडी अस्ट्रेलिया उड्यो 

सुरज कुँवर

काठमाडौँ — लकडाउनका कारण नेपालमा अलपत्र परेका अस्ट्रेलियाली र न्यूजील्यान्‍डका पर्यटक तथा पिआरबाहक नेपालीलाई लिएर नेपाल वायुसेवा निगमको वाइडबडी विमान बधुबार साँझ ६ बजे अस्ट्रेलियाको ब्रिसबेनतर्फ उडेको छ । टिकट बिक्री गर्ने जिम्मा पाएको बोन ट्राभलका सञ्‍चालक रमेश पौडेलका अनुसार जहाजमा २ सय ५० यात्रु छन् । 

२ सय ५० यात्रुसहित वाइडबडी अस्ट्रेलिया उड्यो 

वाइडबडीमा न्युजिल्यान्डका २३ जना छन् भने बाँकी सबै अस्ट्रेलिया जाने यात्रु छन् । ‘झापादेखि भैरहवासम्मका नेपाली पिआरवाल र लकडाउनका कारण अलपत्र परेका अस्ट्रेलियालीसहित २ सय ५० जना यात्रु उडेका छन्’ पौडेलले भने । यो उडान कूटनैतिक पहलबाट गरिएको भए पनि अस्ट्रेलियाली दूतावासले १० वर्षदेखि उसँग काम गर्दै आएको बोनलाई यसमा सामेल गराएको छ ।


सरकारले लकडाउनमा व्यावसायिक उडानलाई रोकेको छ । तर, कूटनैतिक नियोगलगायतका उद्धार उडान र मानवीय सहायताका उडानलाई भने खुला गरेको छ ।


आज उडेको वाइडबडी काठमाडौंबाट मलेसियाको क्‍वालालम्पुर पुग्ने छ । त्यहाँ इन्धन भरेर स्थानीय समयअनुसार राति ब्रिसबेनतर्फ उड्ने छ । ब्रिसबेनमा दिउँसो पुगेर त्यहाँबाट भोलि मलेसियाको क्लालालम्पुर हुँदै राति काठमाडौं आइपुग्ने छ ।


यो पनि

वाइडबडी बुधबार ब्रिसबेन उड्दै

प्रकाशित : चैत्र १९, २०७६ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?