उपत्यकामा खाद्यवस्तु वितरण गर्न एउटै मापदण्ड 

काठमाडौँ — सरकारले सहज रूपमा खाद्यवस्तु बिक्रीबितरण गर्न एकै किसिमको मापदण्ड बनाउने निर्णय गरेको छ । 

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदेयश त्रिपाठी, काठमाडौं महानगरपालिका प्रमुख, ललितपुर उपमहानगरपालिका र मध्य भक्तपुर ठिमी नगरपालिका प्रमुख, मन्त्रालयका सचिवसहित बुधबार मन्त्रालयमा भएको छलफलमा खाद्यको मापदण्ड बनाउने निर्णय गरिएको हो ।


‘विपन्न वर्गका उपभोक्तालाई दैनिक अत्यावश्यक खाद्यवस्तु सरल सहजताका लागि काठमाडौं उपत्यकाभरि एकै रूपको खाद्य सामग्रीको मापदण्ड बनाइनेछ,’ आपूर्ति मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नगरपालिका/स्थानीय तहहरूले सोही मापदण्डका आधारमा राहत वितरण गर्नेछन् ।’


नगरपालिकाहरूको मागका आधारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले खाद्य सामग्री उपलब्ध गराउनेछ । राहत वितरण भने सम्बन्धित वडाले संकलित तथ्यांकका आधारमा गर्ने उल्लेख छ । उपत्यकाबाहिरका स्थानीय तहले समेत सोही मापदण्डलाई आधार मानी राहत वितरणको व्यवस्था गर्ने मन्त्रालयले जानकारी दिएको छ ।


प्रकाशित : चैत्र १९, २०७६ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?