कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

आपूर्तिमा सघाउन स्थानीय र प्रहरी प्रशासनलाई महासंघको अनुरोध

काठमाडौँ — उद्योगीहरूले उत्पादन गरेका वस्तु आपूर्तिमा सहयोग गरिदिन नेपाल उद्योग वाणिज्य महासंघले स्थानीय तथा प्रहरी प्रशासनलाई अनुरोध गरेको छ ।

कोभिड–१९ को संक्रमणबाट बच्न सरकारले देशभर लकडाउन घोषणा गरेको अवस्थामा पनि जोखिम मोलेर उद्योगीहरूले उद्योग चलाइरहेका छन् । ती उद्योगीले उत्पादन गरेका वस्तु एकबाट अर्काे जिल्लामा लैजाँदा अनेक समस्या भोग्नुपरेकाले आपूर्तिमा संलग्न उद्योगीलाई सघाइदिन स्थानीय तथा प्रहरी प्रशासनलाई अनुरोध गरिएको महासंघले बताएको छ ।


अत्यावश्यक वस्तु तथा सेवासँग सम्बन्धित उद्योगको उत्पादन बढाई उत्पादित वस्तु निर्बाध रूपमा मुलुकभर पुर्‍याउन सहयोग गरिदिन महासंघले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । सुरक्षका सबै उपाय अवलम्बन गर्दै उत्पादन प्रक्रिया र आपूर्ति व्यवस्थापनमा सहभागी भई अहिलेको कठिन अवस्थामा मुलुकलाई सहयोग गर्न महासंघले सबैलाई अनुरोध गरेको हो ।


प्रकाशित : चैत्र १७, २०७६ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?