१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

भारतबाट आयात हुने तरकारीको अर्डर नलिइने

कालिमाटीमा थोक बिक्री बिहान २ देखि ७ र खुद्रा बिक्री बेलुकी ५ देखि ७ बजेसम्म खुला गरिने
तरकारी बजारमा दुईपाङ्ग्रे सवारी प्रवेश निषेध

राजु चौधरी

काठमाडौँ — 
कोभिड–१९ को संक्रमण बढ्दै गएपछि भारतबाट आयात हुने तरकारीको अर्डर नलिने निर्णय गरिएको छ ।

भारतबाट आयात हुने तरकारीको अर्डर नलिइने

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति, सांसद, काठमाडौं महानगरपालिकाका मेयर, वडाध्यक्ष, सेना र प्रहरीका प्रतिनिधि, व्यापारिक संघसंस्था सम्मिलित छलफलले आइतबार यस्तो निर्णय लिएको हो । 


भारतबाट पर्याप्त मात्रामा तरकारी भित्रिइरहेको समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए । तर तरकारी बजारमा सुरक्षाको प्रबन्ध छैन । लकडाउन भए पनि होलसेलमा व्यापक भीड भढेकाले भाइरस संक्रमण हुने डरले यस्तो निर्णय गरिएको उनको भनाइ छ । 


‘तरकारीसहित मिनी ट्रकका चालक र सहचालक पनि आउँछन् । तर उनीहरूलाई क्वारेन्टाइनको व्यवस्था छैन,’ श्रेष्ठले भने, ‘तरकारी निर्बाध आयात भइरहेकाले अब अर्डर पोस्टपोन्ड गर्ने निर्णय भएको छ । लकडाउन अवधिसम्म भारतबाट आयात गर्दैनौं ।’ सामान प्रशस्त रहेकाले भारतबाट नआए पनि अभाव नहुने उनले दाबी गरे । 



तरकारी खरिद गर्नकै लागि कालिमाटी बजारमा भीड बढेपछि समितिले खरिदबिक्रीका लागि समयावधिसमेत तोकेको छ । श्रेष्ठका अनुसार थोक/होलसेल बिक्रीका लागि बिहानको २ देखि ७ बजे र खुद्रा बिक्रीका लागि बेलुका ५ देखि ७ बजेसम्म समय निर्धारण गरिएको छ । ‘थोक बजार भए पनि सानादेखि ठूलासम्म सबै व्यापारी आए ।

त्यसैले सुरक्षित किसिमले सञ्चालन गर्न समय निर्धारण गरेका छौं,’ श्रेष्ठले भने ।
उनका अनुसार ढुवानीकर्ता र होलसेल व्यवसायीले टुक्र्याएर बेच्न पाउँदैनन् । ‘झोला, क्रेट वा बोरा जसरी ल्याइएको छ, त्यहीअनूसार बिक्री गर्नुपर्छ,’ उनले भने । कालिमाटी तरकारी बजारमा भीड कम गर्न दुईपाङ्ग्रे सवारी प्रवेशमा पनि रोक लगाइएको छ । ‘अब सोमबारदेखि दुईपाङ्ग्रे सवारी छिराउँदैनौं । त्यसका लागि प्रहरी प्रशासनले व्यवस्था मिलाउँछ,’ उनले भने ।


प्रकाशित : चैत्र १६, २०७६ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?