१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

सीएनआईले फेरि दियो पीपीई र मास्क 

काठमाडौँ — नेपाल उद्योग परिसंघ (सीएनआई) ले कोरोना भाइरस (कोभिड १९) विरुद्ध सरकारलाई निरन्तर सहयोग गरिरहेको बताएको छ । 

सीएनआईका अध्यक्ष सतीशकुमार मोरले शनिबार भाइरस प्रकोप निन्त्रयणका लागि स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई स्वास्थ्यकर्मीले प्रयोग गर्ने पीपीई (निजी सुरक्षा उपकरण) १ सय थान र ७५ हजार थान मास्क सहयोग हस्तान्तरण गरे ।


परिसंघले हाल विदेशबाट आयातित तथा स्वदेशमै निर्मित सामान उपलब्ध गराइरहेको जनाएको छ । साथै भाइरस नियन्त्रणका लागि विदेशबाट सुरक्षा सामग्री आयात गरी सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।


‘मित्रराष्ट्रमा पीपीई संकलन गरी आयातको व्यवस्था मिलाइरहेका छौं,’ मोरले भने, ‘मास्क भने नेपालमै उत्पादन भइरहेको छ ।’ संकटको समयमा सबैलाई संयमित रहन र सरकारले जारी गरेको सूचना पालना गर्न पनि परिसंघले अनुरोध गरेको छ ।


प्रकाशित : चैत्र १५, २०७६ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?