घरायसी ग्राहकलाई चैत महिनाको महसुलमा २० प्रतिशत छुट सिफारिस

१ सय ५० यूनिटसम्मको मात्रै छुट पाइन

काठमाडौँ — घरायसी ग्राहकलाई १ सय ५० यूनिटसम्म खपत्का विद्युत् खपत् गर्दा २० प्रतिशत महसुल छुट दिने निर्णय नेपाल विद्युत् प्राधिकरणले गरेको छ । यो छुट चैत महिनाको महसुलमा मात्रै लागू हुनेछ ।

घरायसी ग्राहकलाई चैत महिनाको महसुलमा २० प्रतिशत छुट सिफारिस

शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले छुट सुविधाको लागि मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथामका लागि सरकारद्वारा घोषित लकडाउनको समयमा धेरैको रोजगारी गुमेको तथा आर्थिक गतिविधि ठप्प भएको अवस्थालाई मध्यनजर गर्दै ग्राहकलाई राहत दिने तथा एलपी ग्यास विस्थापन गरी इन्डक्सनसहित विद्युतीय चुल्हो प्रयोगमा प्रोत्साहन गर्ने उद्देश्यले त्यस्तो निर्णय गरिएको ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री पुनले बताए ।

१ सय ५० यूनिटभन्दा बढी विद्युत् खपत् गर्ने घरायसी ग्राहकले पनि यो परिमाणको विद्युत् महसुलमा छुट पाउने छन् ।

विद्युत् प्राधिकरणका अनुसार देशभर ३८ लाख घरायसी ग्राहक छन् । उनीहरुलाई १ सय ५० यूनिटसम्म विद्युत् खपत गर्दा चैत महिनाको लागि २० प्रतिशत महसुल छुट दिंदा ५० करोड जति कम आय हुने प्राधिकरणको अनुमान छ । गत आर्थिक वर्षमा प्राधिकरणले महसुलबाट ३० अर्ब रुपैयाा आम्दानी गरेको थियो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबारको बैठकले ग्यासको विकल्पमा विद्युतीय चुल्हो प्रवर्द्धन गर्न तथा लकडाउनका समयमा उपभोक्तालाई राहत दिने गरी विद्युतीय चुल्हो आयातमा भन्सार छुट दिने निर्णय गरेको थियो ।

नेपालमा १ मासिक १ सय ५० युनिटसम्म विद्युत खपत गर्नेको संख्या अधिक छ । कुल ३८ लाख घरासयी ग्राहकमध्ये झण्डै २७ लाखले १ सय ५० यूनिटभन्दा कम बिजुली प्रयोग गर्दै आएका छन् ।


प्रकाशित : चैत्र १४, २०७६ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?