१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

७.१ केजी ग्यास हुने सिलिन्डरका तीन थरी मूल्य

राजु चौधरी

काठमाडौँ — 
नेपाल आयल निगमले ठाउँअनुसार ७.१ किलो ग्यासको मूल्य तीन थरी तोकेको छ ।

७.१ केजी ग्यास हुने सिलिन्डरका तीन थरी मूल्य

यसअनुसार दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका लागि ६ सय ७० रुपैयाँ निर्धारण गरिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले जानकारी दिए । अन्य तराई क्षेत्रका लागि ६ सय ७७ रुपैयाँ ५० पैसा तोकिएको छ ।

तराई क्षेत्रबाहेक काठमाडौंलगायतका अन्य स्थानका लागि खुद्रा बिक्री मूल्य ६ सय ८७ रुपैयाँ ५० पैसा निर्धारण गरिएको पौडेलले बताए । ग्यासको आयात पर्याप्त हुँदाहुँदै बजारमा ग्यास अभाव देखिएपछि निगमले उद्योगीहरूलाई आधा सिलिन्डर ग्यास भरेर बिक्री गर्न निर्देशन दिएको थियो । सोहीअनुसार ग्यास उद्योगीहरुले पनि रिफिलिङ गरिरहेको एलपी ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिव घिमिरेले जानकारी दिए । एउटा सिलिन्डरमा १४.२ किलो ग्यृास हुन्छ । सबै उपभोक्तालाई ग्यासको पहुँचमा पुर्‍याउन ७.१ किलो ग्यास बिक्री गर्न लागिएको निगमले जनाएको छ । यसअघि नाकाबन्दीका बेला निगमले आधा मात्रै सिलिन्डर भनेर वितरण गरेको थियो ।

तर आधा भरेको सिलिन्डर बजारमा पठाउँदा उपभोक्ता ठगिने सम्भावना उच्च हुने उपभोत्ताकर्मी बताउँछन । ‘यसअघि १४.२ किलो बिक्री गर्दा पनि उपभोक्ता तौलमा ठगिएका थिए । ग्यास तौल गर्ने कुनै उपकरण नभएको अवस्थामा आधा सिलिन्डर नाम मात्रको हो,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘यसले वितरण प्रणाली विफल भएको पुष्टि गर्छ । ७.१ किलो ग्यास बिक्री गर्नु भनेको नयाँ ग्यास सिलिन्डर बिक्री गर्ने खेल हो ।’ बजारमा अभाव हुन नदिन आपूर्ति नै बढाउनुपर्ने उनले बताए ।


कान्तिपुर सवाददाता (काठमाडौं) यसअनुसार दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका लागि ६ सय ७० रुपैयाँ निर्धारण गरिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले जानकारी दिए । अन्य तराई क्षेत्रका लागि ६ सय ७७ रुपैयाँ ५० पैसा तोकिएको छ ।

तराई क्षेत्रबाहेक काठमाडौंलगायतका अन्य स्थानका लागि खुद्रा बिक्री मूल्य ६ सय ८७ रुपैयाँ ५० पैसा निर्धारण गरिएको पौडेलले बताए । ग्यासको आयात पर्याप्त हुँदाहुँदै बजारमा ग्यास अभाव देखिएपछि निगमले उद्योगीहरूलाई आधा सिलिन्डर ग्यास भरेर बिक्री गर्न निर्देशन दिएको थियो । सोहीअनुसार ग्यास उद्योगीहरुले पनि रिफिलिङ गरिरहेको एलपी ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिव घिमिरेले जानकारी दिए । एउटा सिलिन्डरमा १४.२ किलो ग्यृास हुन्छ । सबै उपभोक्तालाई ग्यासको पहुँचमा पुर्‍याउन ७.१ किलो ग्यास बिक्री गर्न लागिएको निगमले जनाएको छ । यसअघि नाकाबन्दीका बेला निगमले आधा मात्रै सिलिन्डर भनेर वितरण गरेको थियो ।

तर आधा भरेको सिलिन्डर बजारमा पठाउँदा उपभोक्ता ठगिने सम्भावना उच्च हुने उपभोत्ताकर्मी बताउँछन । ‘यसअघि १४.२ किलो बिक्री गर्दा पनि उपभोक्ता तौलमा ठगिएका थिए । ग्यास तौल गर्ने कुनै उपकरण नभएको अवस्थामा आधा सिलिन्डर नाम मात्रको हो,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘यसले वितरण प्रणाली विफल भएको पुष्टि गर्छ । ७.१ किलो ग्यास बिक्री गर्नु भनेको नयाँ ग्यास सिलिन्डर बिक्री गर्ने खेल हो ।’ बजारमा अभाव हुन नदिन आपूर्ति नै बढाउनुपर्ने उनले बताए ।


प्रकाशित : चैत्र १४, २०७६ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?