कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

व्यापारीले पनि चार्टर्ड विमानबाट चीनदेखि स्वास्थ्य सामग्री ल्याउँदै

काठमाडौँ — सरकारसँगको पहुँचमा नरहेका तर कार्गो विमान चार्टर्ड गरिरर केही व्यापारीले चीनबाट कोरोना भाइस (कोभिड–१९) संक्रमण रोकथाम, उपचार तथा स्वास्थ्य सामग्रीहरु आयात गर्ने भएका छन् ।


फ्ल्यास फ्रेट लजिस्टिकले आउँदो बुधबार त्यस्ता सामग्री आयात गर्ने तयारी गरेको छ । उसले कार्गो विमानबाट सामान ल्याउन इच्छा हुने व्यापारीहरुलाई बुक गराउन सूचना जारी गरिसकेको छ । अप्रिल १ मा चीनको प्रमुख व्यापारिक केन्द्र सेन्जेनबाट सामान आयात गर्ने उसले सूचनामा उल्लेख गरेको छ । त्यसका लागि आफ्ना सामान कार्गो जहाज चार्टर्ड गर्ने र त्यसमार्फत ल्याउन सामानको परिमाण बुकिङ गरिरहेको छ । एक किलोग्राम सामान ल्याउन ८ अमेरिकी डलर (९ सय ६८ रुपैयाँ) शुल्क लाग्ने जनाएको छ ।

अर्का एक व्यापारीका अनुसार अप्रिल ४ मा पनि अर्को यस्तै कार्गो विमान चार्टर्ड गर्ने तयारी भइरहेको छ । ‘नेपालमा सामग्रीको माग बढ्दै जाने र चीनमा पाउने हो भने अब यस्तो चार्टर्ड बढ्दै जाने छ,’ ती व्यापारीले भने ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक औषधि तथा स्वास्थ्य उपकरणको माग विश्व बजारभरि नै छ । त्यस्ता सामग्री खरिद गर्न सबै क्षेत्रका व्यापारीहरूको ध्यान चीनमै केन्द्रित छ । हाल नेपाली व्यापारीहरुले पनि चीनबाट मात्र सामान ल्याउन खोजिरहेका हुन् । 
‘धेरै व्यापारीहरुले चीनबाट सामान ल्याउने चाहना राखेको देखिन्छ,’ नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले भने, ‘चीनबाट सामान ल्याउँदा सरकारी हवाई चार्टर्डमा सहजीकरण गर्ने भनेपछि अब केही दिनमा धेरै नै सामान आउनेछन् ।’
कोभिड–१९ रोकथाम, परीक्षण तथा उपचारका लागि अत्यावश्यक स्वास्थ्य उपकरण तथा औषधि शनिबारदेखि चीनबाट ढुवानी हुने निश्चित भइसकेको छ ।


शनिबार सुरुमा सरकारले नेपाल वायुसेवा निगमको जहाजबाट त्यस्ता सामग्रीहरूको ढुवानी गर्ने जनाएको छ । आइतबार बिहानसम्म ती सामग्री नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बताए । त्यसपछि लगातार व्यापारीहरु आफैंले स्वस्फूर्त र सरकारी पहलमा थप सामग्रीहरुको ढुवानी पनि क्रमशः गर्दै जाने सम्बद्ध अधिकारीहरुको भनाइ छ ।


प्रकाशित : चैत्र १४, २०७६ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?