कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

माथिल्लो तामाकोसी क्षेत्रमा प्रवेश निषेध

दोलखा — राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी आयोजनाले लकडाउनका अवधिभर आयोजना क्षेत्रमा अन्यत्रबाट प्रवेश गर्न खोज्ने मानिसहरुलाई निषेध गरिएको छ ।

माथिल्लो तामाकोसी क्षेत्रमा प्रवेश निषेध

आयोजनाले विज्ञप्ति जारी गर्दै कोभिड— १९ को सम्भावित संक्रमणलाई मध्यनजगर गर्दै लामाबगरस्थित आयोजनाको मुख्य कार्यालय र अन्य निर्माणाधीन क्षेत्रहरुमा बाहिरी व्यक्तिहरुलाई आवागमन पूर्णत बन्द गरिएको जनाएको छ ।


कार्यक्षेत्रमा भएका कर्मचारीहरुलाई कार्यालयमाबस्ने व्यवस्था मिलाउने, अन्य कर्मचारीहरुलाई फोन र इमेल सम्पर्कमा रहेर काम गर्ने व्यवस्था मिलाइएको आयोजनका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए । यसअघि जिल्ला प्रशासन कार्यालयले दोलखामा सञ्चालित जलविद्युत आयोजनाहरुमा व्यक्तिहरुको आउने जाने क्रम रहेकाले रोक्न भनिएको थियो ।


विभिन्न निर्माण सामाग्रीको ढुवानी निरन्तर गरिएकामा अत्यावश्यक उपभोग्य वस्तुबाहेक अन्य सामाग्री ढुवानीमा पनि निषेध गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए ।


माथिल्लो तामाकोसीले आन्तरिक कार्यहरु जारी राख्ने तर स्वास्थ्यलाई उच्चतम् प्राथमिकता दिने उल्लेख गरेको छ । प्रशासनको सूचना अनुसार जलविद्यूत आयोजनाहरुले निर्माण सामाग्री ढुवानी र कार्यरत कर्मचारीको आवतजावत भने निषेध गरिएको छ ।

प्रकाशित : चैत्र १३, २०७६ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?