१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

ग्यास अभाव भएपछि आधा सिलिण्डर भरेर बेच्न निगमको निर्देशन

राजु चौधरी

काठमाडौँ — बजारमा ग्यास अभाव देखिएपछि नेपाल आयल निगमले आधार सिलिण्डर ग्यास भरेर बिक्री गर्न उद्योगहरुलाई निर्देशन दिएको छ । अब बजारमा ७.१ केजी ग्यास भरिएको सिलिण्डर पाइने छ । यति ग्यासको मूल्य ६ सय ८७ रुपैयाँ ५० पैसा पर्नेछ । 

ग्यास अभाव भएपछि आधा सिलिण्डर भरेर बेच्न निगमको निर्देशन

आपूर्ति पर्याप्त भएपनि ग्यास अभाव कायमै भएपछि निगमले आधा ग्यास भरेर बेच्ने निर्णय गरेको हो । एउटा सिलिन्डरमा १४.२ किलो ग्यास हुन्छ । अब भने ७.१ किलो ग्यास मात्रै बिक्री गरिने निगमले जनाएको छ ।

‘आपूर्तिको समस्या छैन, तर बजारमा अझै अभाव छ,’ निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले भने, ‘सबैको पहुँच बनाउन आधा भरेर बेच्न भनेका छौं ।’ ग्यास आयात भएपनि वितरण प्रणाली कमजोर छ ।

कोरोना संक्रमण रोक्न भारतले २१ दिने लकडाउन घोषणा गरेपछि बजारमा ग्यास अभाव देखिन थालेको हो । उपभोक्ताले ग्यास नपाइने डरमा सञ्चिति गर्न थालेपछि अभाव देखिएको अनुमान छ । वितरणमा समस्या भए पनि निगमले भने ग्यास आपूर्तिमा समस्या नरहेको जनाएको छ ।

‘आपूर्तिमा कुनै समस्या नभएपनि जुनकुनै बेला जेपनि हुनसक्छ,’ कार्यकारी निर्देशक पौडेलले भने, ‘७.१ किलो भरेर बेच्दा सबैको पर्हुँच पुग्छ । अभावको नाममा नयाँ सिलिन्डर बजार अआइरहेको छ । त्यो रोक्न पनि जरुरी छ ।’

निगमका अनुसार मंगलबार करिब १ सय ४० बुलेट, बुधबार १ सय १० बुलेट ग्यास लोड भएको थियो । बिहीबार पनि करिब ८० बुलेट ग्यास लोड हुने अनुमान छ । तर, नेपालमा भण्डार नहुँदा समस्या भएको निगमले जनाएको छ ।

‘हाम्रो भण्डार छैन । भारतमा लकडाउले चालकहरुलाई पनि समस्या छ,’ पौडेलले भने, ‘बजारको सिलिन्डर भरेर राख्न खोजेको छौ ।’

एलपी ग्यास उद्योग सघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेले निगमको चिठी बुधबार राति प्राप्त भएको बताए ।

‘निगमले बुधबार निर्णय गरेर चिठी पठाएको छ,’ उनले भने, ‘आयात, ग्यास रिफिलिङ र वितरण कसरी गर्ने सन्दर्भमा छलफल गरिरहेका छौ ।’

यसअघि नाकाबन्दीको बेला निगमले आधा मात्रै सिलिन्डर भनेर बितरण गरेको थियो ।


प्रकाशित : चैत्र १३, २०७६ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?