कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अर्थमन्त्रीले भने, ‘कोरोनाबाट क्षति पुगेकालाई राहत उपलब्ध गराउनु चुनौतिपूर्ण’

सार्क राष्ट्रका अर्थमन्त्री र दातृ निकायबीच भिडियो कन्फ्रेन्स

काठमाडौँ — अर्थमन्त्री युवराज खतिवडाले राज्यको क्षमता सीमित भएकाले कोरोना भाइरसका कारण प्रभावित वर्ग र क्षेत्रलाई तत्काल सहयोग उपलब्ध गराउने बिषय चुनौतिपूर्ण रहेको बताएका छन् । 

अर्थमन्त्रीले भने, ‘कोरोनाबाट क्षति पुगेकालाई राहत उपलब्ध गराउनु चुनौतिपूर्ण’

सार्क राष्ट्रका अर्थमन्त्रीहरु र दातृ निकायका प्रतिनिधिबीच भएको भिडियो संवादमा सहभागिता जनाउँदै मन्त्री खविडाले स्वास्थ्य सेवा, सामाजिक सुरक्षा र अर्थतन्त्रलाई टेवा पुग्ने गरी सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरेको धारणा राखे ।


कारोना प्रभावबाट भएको क्षति परिपूरण गर्न नेपाल जस्ता कम स्रोत भएका मुलुकहरुका लागि अन्तर्राष्ट्रिय वित्त संस्थाहरुले विशेष सहयोग गर्नुपर्ने उनले बताए । अर्थमन्त्री खतिवडाले क्षेत्रिय सहयोगको सम्भावित सबै संयन्त्र उपयोग गर्न पनि जोड दिए ।


‘सार्कका विद्यमान संस्थागत संरचनाको पूर्ण उपयोग गर्दै आपसी व्यापार, आपूर्ति प्रणालीलाई निरन्तरता दिने र आवश्यक परे स्वास्थ्य सेवामा थप सहकार्य गर्न सबै राष्ट्रले एकअर्कालाई साथ दिनुपर्छ,’ अर्थमन्त्री खतिवडाको भनाई उद्धृत गर्नै उनको सचिवालयले जानकारी दिएको छ ।


भिडियो संवादमा सार्क राष्ट्रका अर्थमन्त्रीहरु र दातृ निकायका प्रतिनिधिबीच कोरोना भाइरसका कारण रोजगारी, वित्त क्षेत्रमा पर्न सक्ने प्रभावको बिषय साथै अन्तर्राष्ट्रिय दातृ निकायले गर्न सक्ने सहयोगबारे छलफल भएको थियो ।


भिडियो संवादमा सार्क राष्ट्रका अर्थ मन्त्रीहरु सहित अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक, अन्तर्राष्ट्रिय वित्त निगम, मिगाका प्रतिनिधिहरु सहभागी थिए ।


प्रकाशित : चैत्र १२, २०७६ २०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?