तल्लो तादीबाट तीन महिनाभित्र विद्युत् उत्पादन

कान्तिपुर संवाददाता

नुवाकोट — तल्लो तादीखोला जलविद्युत् आयोजनाको तीन महिनाभित्र व्यावसायिक उत्पादन थाल्ने बताएको छ । सिभिलसहितको ८५ प्रतिशत काम सकिएकाले बाँकी काम छिटो बढ्ने आयोजनाको भनाइ छ ।

०७७ जेठ मसान्तभित्र राष्ट्रिय प्रसारण लाइनमा जोडिने गरी निर्माण भइरहेको बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठले बताए ।


‘मेसिन आइसकेको छ,’ उनले भने, ‘जडान गर्न बाँकी छ । तीन महिनामा राष्ट्रिय ग्रिडमा जोडिनेछौं ।’ आयोजनाले तादीखोला र चन्द्रवती खोलाको संगमस्थल समुद्रटार दोभानमा बाँध बनाएको छ ।


आयोजनाको विद्युत्गृहलगायत संरचना बाहिर छन् । बाँधस्थल दुप्चेश्वर गाउँपालिका–५ हुँदै पञ्चकन्या गाउँपालिका–४ थप्रेक नौटारीमा तीन हजार मिटर लामो पेनस्टक पाइपबाट विद्युत्गृहमा पानी पठाई बिजुली उत्पादन गरिनेछ ।


आयोजनाको निर्माण लागत ९८ करोड रुपैयाँ छ । आयोजनामा २५ प्रतिशत कम्पनीका सेयर होल्डर र बाँकी सिद्धार्थ बैंकको अगुवाइमा बैक अफ काठमान्डू, एनसीसी, माछापुच्छ्रे बैंकलगायतको लगानी छ ।

प्रकाशित : फाल्गुन १५, २०७६ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?