१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

राइज फाउन्डेसन र एनआरएनएबीच सहकार्य

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल भ्रमण वर्ष २०२० को उपलक्ष्यमा आयोजित ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्जलाई अन्तर्राष्ट्रियकरण गर्न गैर आवासीय नेपाली संघ (एनआरएनए) ले वि विल राइज फाउण्डेशनसँग सहकार्य गर्ने भएको छ ।

राइज फाउन्डेसन र एनआरएनएबीच सहकार्य

संघको सचिवालय, बालुवाटारमा बुधबार आयोजित कार्यक्रममा दुई संस्थाबीच सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।


संघका उपाध्यक्ष एवं व्यापार, उद्योग तथा नेपाल प्रवर्द्धन विभागका प्रमुख अर्जुन श्रेष्ठले एनआरएनएको यो सहकार्यले ओझेलमा परेका तर प्रचुर पर्यटन सम्भावना बोकेका गाउँठाउँलाई विश्वव्यापी रुपमा चिनाउन र सामाजिक–आर्थिक उन्नतिमा टेवा पुर्‍याउन प्रमुख भूमिका निर्वाह गर्ने बताए । फाउण्डेशनका संस्थापक अध्यक्ष तथा अभियानका संयोजक निर्मल श्रेष्ठले एनआरएनएको सहकार्यले यस अभियानलाई राष्ट्रिय स्तरबाट उत्थान गरी अन्तर्राष्ट्रियकरण गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । अधिकतम ५ मिनेटसम्मका भिडियोबीच प्रतियोगिता हुनेछ ।


मार्च ९ सम्म पठाउनुपर्ने र छनोटमा परेका १० उत्कृष्ट भिडियोलाई अप्रिलमा पुरस्कृत गर्ने फाउन्डेसनले जनाएको छ ।

प्रकाशित : फाल्गुन १५, २०७६ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?