नेप्सेमा ४३ अंकको वृद्धि    

रासस

काठमाडौँ — शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ४३.०२ ले  बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४३.०२ ले बढेर एक हजार ५४५.१९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ८.७५ ले वृद्धि भई ३२६.५६ मा पुगेको छ ।     

नेप्सेमा ४३ अंकको वृद्धि    

नेप्सेको उच्च अंकको वृद्धिसँगै कारोबार रकममा समेत वृद्धि भएको छ । कूल १८० कम्पनीको ७० लाख ५९ हजार ७१२ कित्ता शेयर २ अर्ब ९९ करोड २१ लाख ६० हजार ५२४ मूल्य बराबरको शेयर कारोवार भयो ।


कारोवार भएका कूल १२ उपसमूहमध्ये सबै उपसमूहको शेयर वृद्धि भएको छ । त्यसमा बैंकिङ १२.८९, व्यापार ४७.०९, होटल ११.२२, विकास बैंक ४४.४९, जलविद्युत् ४६.५१, वित्त १९.४२, निर्जीवन बीमा ३०७.०९, उत्पादन ११८.४२, अन्य ५१.०३, लघुवित्त ८३.४४, जीवन बीमा ६७३.४९ र सामूहिक लगानी कोष ०.०९ ले वृद्धि भयो ।


स्टकका अनुसार कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १६ करोड ३३ लाख ५१ हजार १६८ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी १४ करोड ३६ लाख १५ हजार १८२, शिखर इन्स्योरेन्स कम्पनी १० करोड ६५ लाख ३४ हजार ३६२, नेको इन्स्योरेन्स ९ करोड ४२ लाख ७७ हजार ५७९, एनएमबी बैंक ९ करोड ३५ लाख ९ हजार ६६६ र एनआइसी एसिया बैंकको ९ करोड सात लाख ५५ हजार ८५७ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।


नेप्सेका अनुसार गुराँस लाइफ इन्स्योरेन्स, हिमालयन डिस्टिलरी र स्वदेशी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले कमाउँदा युनिलिभर नेपाल ९.९९, शिखर इन्स्योरेन्स ९.९८, र लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले ९.९३ प्रतिशतले कमाए । त्यस्तै दिव्यश्वरी हाइड्रोपावर ३.६३, प्रोगेसिभ फाइनान्स २.६७, रिलायन्स फाइनान्स २.६४, एभरेष्ट बैंक १.९२, एनआइब्एिल प्रगति फण्ड १.१७ र पाँचथर पावर कम्पनीका लगानीकर्ताले ०.७६ प्रतिशतले गुमाए ।

प्रकाशित : फाल्गुन १३, २०७६ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?