मर्मतका लागि कालिगण्डकी ‘ए’ को ड्याम खोलिने

प्रतीक्षा काफ्ले

स्याङ्जा — नेपालकै ठूलो जलविद्युत्त परियोजना कालीगण्डकी ‘ए’ को ड्याम खोलिएको भएको छ । परियोजना कार्यालयले
एक सूचना जारी गर्दै मर्मतका लागि बिहीबार रातिदेखि ड्याम खोलिने जनाएको हो ।

मर्मतका लागि कालिगण्डकी ‘ए’ को ड्याम खोलिने

बिहीबार राति ९ बजेदेखि चार दिनसम्म ड्याम खोलिने छ । प्राधिकरणले ड्यामदेखि पावर हाउससम्मका क्षेत्रमा बसोबास गर्दै आएका बासिन्दालाई सचेत रहन विशेष अनुरोध गरेको छ । प्रशासकीय अधिकृत प्रदीपकुमार भुवाजीको हस्ताक्षरमा जारी सूचनामा स्याङ्जा, पाल्पा र गुल्मीका ६ वटा स्थानीय तहका बासिन्दालाई सचेत रहनसमेत आग्रह गरिएको छ ।

प्रभावित क्षेत्रमा पर्ने स्थानीय तहमध्ये स्याङ्जाको कालिगण्डकी, पाल्पाका तानसेन र बगनासकाली तथा गुल्मीका कालिण्डकी, सत्यवती र रुरु गाउपालिका रहेका छन । ६ वटै स्थानीय तहलाई पत्र लेखेर नै सूचना गरिएको प्राधिकरणले जनाएको छ ।

ड्याम खोलिएको समयमा सचेत रहन अनुरोध गर्दै प्राधिकरणले क्षति भएमा आफूहरु जवाफदेही नहुने जनाएको छ । कालीगण्डकी परियोजनामा एकसय ४४ मेगावाट विद्यूत उत्पादन गरिन्छ ।

प्रकाशित : फाल्गुन ८, २०७६ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?