कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

चिनियाँ कामदार नफर्केपछि न्यादी जलविद्युत् आयोजनाको निर्माण ठप्प

आश गुरुङ

लमजुङ — चिनियाँ प्राविधिक र कामदार नफर्केपछि उत्तरी लमजुङको ङादी खोलामा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको निर्माण एक महिनादेखि ठप्प छ । निर्माणमा खटिएका चिनियाा प्राविधिक नयाँ वर्ष मनाउन एक महिनाअघि चीन गएका थिए ।

चिनियाँ कामदार नफर्केपछि न्यादी जलविद्युत् आयोजनाको निर्माण ठप्प

घर पुगेको बेलामा कोरोना महामारी फैलिएपछि चीन सरकारले आफ्ना नागरिकलाई बाहिरी देश जान प्रतिवन्ध लगायो । त्यसपछि उनीहरु फर्किन सकेका छैनन् ।


जनवरी ४/५ तारिखमा गएका चिनियाँ प्राविधिक फेब्रुअरी ४/५ तारिखसम्म फर्किन नसकेपछि आयोजनाको निर्माणकार्य ‘बन्द’ भएको हो । आयोजनाको निर्माण चिनियाँ कम्पनी च च्याङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेशन कम्पनी लिमिटेडले गरिरहेको छ । कोरोनाका कारण चिनियाा आउन नसकेपछि नेपाली कामदारमात्रैले केही गर्न नसक्ने आयोजनाका प्रशासकीय अधिकृत बासुदेव गड्तौलाले बताए ।

आयोजना निर्माणमा चिनियाा कामदार ६१ जना छन् । निर्माण कम्पनीका मुख्य व्यक्ति, सुपरभाइजर, ईन्जिनियरसहित प्राविधिक सबै चीन हिाडेका छन् । आयोजनामा काम गर्ने ४ जनाबाहेक सवै चिनियाँ नयाा बर्ष मनाउन घर गएका थिए । घर गएकामध्य २ चिनियाँ मात्रै फर्केका र ५५ जना चीनमै रहेका गड्तौलाले बताए ।


निर्माण कम्पनीकै मान्छे नभएपछि आयोजनाको निर्माणकार्य १ महिनादेखि अगाडि बढ्न नसकेको आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङले बताए ।


आयोजनाले आगामी बैशाख ६ गते विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । ८० देखि ८५ प्रतिशत निर्माण सकेको आयोजनाको बढी काम हेडवक्सको गर्न बााकी रहेको गड्तौलाले बताए । उनका अनुसार हेडवर्क्समा ६० देखि ७० प्रतिशत काम सकिएको छ । सुरुङ निर्माणकार्य ९० प्रतिशत सकिएको छ । पावरहाउसमा ८५ प्रतिशत सकिएको छ । बााकी १५ प्रतिशत इलेक्ट्रोमेकानिकलको रहेको र सामग्री आउने क्रममा रहेको उनले बताए ।

साविक बाहुनडाँडा र भुलभुले गाविसको सीमा (मर्स्याङदी गाउँपालिका ६ र ७ बीच) ङादीखोलामा निर्माणाधिन आयोजनामा वुटवल पावर कम्पनी (बीपीसी) को ९७ दशमलव २२ प्रतिशत र लमजुङ विद्युत विकास कम्पनी (लेड्को)को २ दशमलव ७८ प्रतिशत लगानी रहेको छ ।


४ अर्ब ३८ करोडमा सक्ने गरी डिजाइन गरिएको आयोजना निर्माण सक्ने मितिसम्म ब्याजसहित ६ अर्ब रुपैयाँ लाग्ने प्रक्षेपण गरिएको छ । आयोजनामा एभरेस्ट बैंकको नेतृत्वमा नविल बैंक, ग्लोवल आइएमई बैंक, हिमालयन बैंक, सनराइज बैंक र जलविद्युत लगानी तथा विकास कम्पनीको लगानी रहेका छन् ।

प्रकाशित : माघ २९, २०७६ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?