यस्तो छ प्रस्तावित विद्युत महसुल दर

कान्तिपुर संवाददाता

काठमाडौँ — सञ्चालक समितिको निर्णय अनुसार नेपाल विद्युत प्राधिकरणले विद्युत महसुलको प्रस्तावित नयाँ दर स्वीकृतिको लागि विद्युत नियमन आयोगमा पठाएको छ । आयोगको स्वीकृतिपछि मात्रै नयाँ विद्युत दर लागू हुनेछ ।

ZenTravel

प्राधिकरणले आयोगमा पठाएको प्रस्तावित महसुल दर अनुसार घरायसी ग्राहकले बढी विद्युत खपत गर्दा बढी महसुल तिर्नुपर्ने पुरानो प्रावधानलाई परिमार्जन गरिएको छ भने मासिक १० यूनिटसम्म मात्रै विद्युत खपत गर्नेलाई ३० रुपैयाँ मात्रै तिर्नुपर्ने व्यवस्था गरिएको छ।

यस्तै, औद्योगिक ग्राहकको महसुल दरमा पनि परिमार्जनको प्रस्ताव गरिएको छ।

Meroghar

कुन ग्राहकलाई कस्तो महसुल दर प्रस्ताव गरिएको छ तल हेर्नुहोस्:

प्रकाशित : माघ २७, २०७६ १६:३६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

'दरबार' फ्लप भएपछि घटाइयो रजनीकान्तको पारिश्रमिक

एजेन्सी

सुपरस्टार रजनीकान्तले मुख्य भूमिकामा अभिनय गरेको फिल्म 'दरबार' बक्स अफिसमा असफल भएपछि सन पिक्चर्सले पारिश्रमिक घटाएर आधामात्रै दिने निर्णय गरेको छ । 

'गजनी'का निर्देशक ए. आर मुर्गुडोससँग रजनीकान्तले पहिलोपटक सहकार्य गरेका यस फिल्मले ७० करोडको घाटा लगाएको भन्दै वितरकहरुले क्षतिपूर्ति माग गरेका थिए । यो रजनीकान्तको फिल्म करियरै खराब नतिजा रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

हालै फिल्मकातर्फबाट सोनी पिक्चर्सका प्रतिनिधि कलानिदीले रजनीकान्तलाई पारिश्रमिक आधा दिनेबारे भेटेरै छलफल गरेका थिए । उनको प्रस्ताव सुनेर रजनीकान्त सुरुमा त अचम्ममा परेका थिए । लामो छलफलपछि उनले रजनीकान्तलाई मनाउन सफल भए ।

२ सय करोडको बजेटको 'दरबार' फिल्ममा उनले १ सय १८ करोड पारिश्रमिक लिएका थिए । सन पिक्चर्सले भने अहिले उनलाई नयाँ फिल्मका लागि ५८ करोडमात्र दिने भएको छ ।

प्रकाशित : माघ २७, २०७६ १६:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×