गरिमामा क्षतिपूर्ति माग्दै किसान

नुवाकोट — उन्नत जातको धानको बीउ भनेर लगाइएको गरिमा जातको हाइब्रिड धान नफलेपछि जिल्लाका किसानले क्षतिपूर्ति माग गरेका छन् । तारकेश्वर गाउँपालिका–४ बुधसिङ चारघरेका किसानले गरिमा धान नफलेपछि बेसाएर चामल खाइरहेका छन् । 

‘धान फलेन,’ स्थानीय किसान रमेशपुकार बस्तीले भने, ‘चामल नकिनी दैनिकी टार्न गाह्रो भयो । क्षतिपूर्ति पाइन्छ भन्थे । तर अझै पाइएको छैन ।’ उनले साढे ३ रोपनी खेतमा गरिमा हाइब्रिड धान लगाएका थिए । उनका छिमेकी विष्णुबहादुर पुडासैनीको पनि अवस्था पनि उस्तै छ । उनले पनि गरिमा जातको धानको बीउ लगाएका थिए । ‘धान नफलेपछि हरियो परालमै काटियो,’ उनले भने, ‘बीउ खराब परेपछि के गर्ने ?’ चितवनबाट उक्त धानको बीउ ल्याइएको किसान बताउँछन् ।

प्रकाशित : माघ २५, २०७६ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?