१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कर्जाको गुणस्तरतर्फ ध्यान दिनुपर्छ : अर्थमन्त्री

काठमाडौँ — अर्थमन्त्री युवराज खतिवडाले कुल गार्हस्थ उत्पादन (जिडिपी) लाई सघाउ पुग्ने गरी कर्जाको गुणस्तरमा ध्यान दिन बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेका छन् । 

कर्जाको गुणस्तरतर्फ ध्यान दिनुपर्छ : अर्थमन्त्री

शुक्रबार राष्ट्रिय वाणिज्य बैंकको ५५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले कर्जा र जिडिपीको अनुपात ८० प्रतिशत नाघ्न थालेको भन्दै बैंकहरुलाई सचेत गराएका हुन् ।

नेपालको कुल गार्हस्थ उत्पादन र कर्जाको अनुपातको अवस्थालाई लिएर अन्तर्राष्ट्रिय मुद्रा कोषले समेत चासो देखाइसकेको अवस्थामा बैंकहरुले कर्जाको आयतन बढाउने भन्दा पनि उत्पादन मुलक क्षेत्रमा कर्जा बढाउन ध्यान दिन अर्थमन्त्रीले आग्रह गरे ।


अर्थमन्त्री खतिवडाले राष्ट्रिय वाणिज्य बैंकलाई ब्याजदरमा ध्यान पुर्‍याउनुपर्ने बताए । कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले साना तथा मझौला कर्जा र सहुलियत ब्याजदरको कर्जाको कार्यान्वयनमा जोड दिएको बताए ।

प्रकाशित : माघ १०, २०७६ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?