कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तिब्बत नेपाल वार्षिक आयात निर्यात सार्वजनिक

लक्ष्मी लम्साल

बेइजिङ — तिब्बतको ल्हासा भन्सार कार्यालयले सन् २०१९ मा नेपालसँगको आयात निर्यात प्रतिवेदन सार्वजनिक गरेको छ। शुक्रबार जारी गरिएको प्रतिवेदन अनुसार नेपाल र तिब्बतबीचको व्यापार  वार्षिक २६.७ प्रतिशतले वृद्धि भएको छ।

गत वर्ष नेपाल र तिब्बतबीच भएको कारोबार रकम ३.१६५ बिलियन युआन बराबर रहेको कार्यालयले जनाएको छ।

नेपाल तिब्बतका लागि सबैभन्दा ठूलो व्यापार साझेदार र निर्यात बजार हो। एकीकृत व्यापार, ल्हासा भन्सार कार्यालयका इनचार्ज चान तुईका अनुसार तिब्बतका लागि नेपालतर्फको निर्यात मात्रा २० प्रतिशतले बढेको छ भने आर्थिक अंकमा पनि यो परिमाण ठूलो बन्दै गएको छ। उनले भने, ‘गत वर्ष सन् २०१९ मा तिब्बतको नेपाल निर्यात परिमाण ३.०३९ बिलियन युआन पुगेको छ भने वार्षिक वृद्धि पनि २० प्रतिशतले बढेको देखिन्छ।’

नेपाल र तिब्बतबीचको आयात निर्यात सडक यातायातमा निर्भर छ। केरूङ नाकाबाट आयात निर्यात २.८६८ बिलियन युआन छ । याे पहिलाको तुलनामा १६ प्रतिशतले बढी हाे । त्यस्तै खासा नाकाबाट भएको आयात निर्यातको मात्रा लगभग १६५ मिलियन युआन छ।

चान तुईका अनुसार नेपाल र तिब्बतका सीमा क्षेत्रका वासिन्दाबीचको सानातिना मालसामानको व्यापारिक आदानप्रदान आपसी व्यापारको प्रमुख शक्ति बनेको छ। उनका अनुसार पछिल्ला वर्षहरूमा दुई पक्षीय आयात निर्यात वस्तुहरूको स्थिति र व्यापार शैली स्थिर रूपमा रहेको छ। बुट तथा अन्य श्रमिक उपयोग्य सामानहरू मुख्य व्यापारिक विषय बनेका छन्।

तिब्बतले नेपालबाट मुख्यतया तामाका मूर्तिहरू, गरगहनाहरू, लत्ताकपडा र अन्य परम्परागत हस्तकलाका सामग्रीहरू आयात गर्दछ।

प्रकाशित : माघ १०, २०७६ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?