कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

काठमाडौंबाट चीनको छोङछिङ सिधा उडान सुरु

काठमाडौँ — हिमालय एअरलाइन्सले बिहीबारदेखि काठमाडौबाट चीनको सहर छोङछिङको सिधा उडान सुरु गरेको छ । 

काठमाडौंबाट चीनको छोङछिङ सिधा उडान सुरु

चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्यामा हिमालयले चीनभित्र पाँचौं गन्तव्यका रुपमा छोङछिङ उडान थालेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र नेपालस्थित चिनियाँ राजदूत होउ याङ्छीले उडानको औपचारिक उद्घाटन गरेका हुन् ।


सिधा हवाई सेवा सुरु भएपछि आगामी दिनमा दुवै सहरमा पर्यटकीय आवागमनमा उल्लेख्य टेवा पुग्ने कम्पनीले जनाएको छ ।


उडान उद्घाटनपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टराईले हिमालय एयरलाइन्सको सेवा विस्तारले नेपाल र चीनबीच पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रममा चिनियाँ राजदूत याङ्छीले थप उडानले अबका दिनमा दुई देशका जनता र संस्कृतिलाई अझ मजबुत बनाउने तथा पर्यटन र ब्यापार बृद्धि हुने बताइन् । हिमालय एअरलाइन्सका अध्यक्ष झाउ इनयोङ्ले नयाँ उडान गन्तव्य चिनियाँ पर्यटकका लागि नयाँ बर्षको उपहारजस्तै भएको बताए ।

प्रकाशित : माघ ९, २०७६ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?