२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

अन्नपूर्ण, इन्दिरा  र लुम्बिनी सुगर मिलको आर्थिक कारोबार रोक्का गर्न पत्राचार

राजु चौधरी

काठमाडौँ — उखु किसानको रकम भुक्तानी नगर्ने तीन उखु मिलको आर्थिक कारोबार रोक्का हुने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्नपूर्ण, इन्दिरा र लुम्बिनी सुगर मिल्सको आर्थिक कारोबार रोक्का गर्न आन्तरिक राजस्व विभागमा पत्राचार गर्ने निर्णय गरेको छ ।

अन्नपूर्ण, इन्दिरा  र लुम्बिनी सुगर मिलको आर्थिक कारोबार रोक्का गर्न पत्राचार

बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयले यसबारे जानकारी दिएको हो । ती उद्योगहरु मन्त्रालयको सम्पर्कमा नआएकाले आर्थिक कारोबार रोक्का गर्ने तयारी भएको मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले बताए । उखु किसानसँग यी मिलले माघ ७ गतेभित्र सम्पूर्ण बक्यौता रकम बुझाउने सहमति गरेका थिए । यो सहमति मन्त्रालयको मध्यस्थतामा भएको थियो ।


अन्नपूर्ण र इन्दिर सुगर मिल राकेश अग्रवालको हो भने लुम्बिनी सुगर मिल्स मनिष अग्रवालले लिजमा लिएर सञ्चालन गरिरहेका छन् । मनिष अग्रवालको मृत्यु भएकाले उक्त उद्योग हाल कसले सञ्चालन गर्छ भन्ने विषयमा मन्त्रालय बेखबर छ ।


यस्तै उद्योग तथा आपूर्ति मन्त्रालयले बुधबार नै गृह मन्त्रालयलाई चिठी काटेर सम्पर्कमा नआएका उद्योगहरुलाई सम्पर्कमा ल्याइदिनका लागि आग्रह समेत गरेको छ ।


अन्नपूर्ण सुगर मिल्सले विद्युत प्राधिकरणको पनि ठेक्का पट्टा काम गर्ने भएकाले प्राधिकरणले अन्नपूर्णलाई रकम भुक्तानी गर्ने बेलामा मन्त्रालयलाई जानकारी दिनका लागि प्राधिकरणलाई पत्रचार गरेको छ ।

सरकार र उखु किसानबीच भएको सम्झौता सकिँदासम्म किसानले १६ प्रतिशत मात्रै भुक्तानी पाएका छन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र उखु किसानबीच पुस १८ गते माघ ७ भित्र सबै भुक्तानी दिइसक्नुपर्ने सहमति भएको थियो । तर अहिलेसम्म किसानले १६ करोड १४ लाख रुपैयाँ मात्रै पाएका छन् । किसानले आठ उद्योगबाट अझै ८४ करोड २५ लाख रुपैयाँ पाउन बाँकी रहेको मन्त्रालयको विवरणमा उल्लेख छ ।


यी हुन् उद्योग मन्त्रालयले किसानहरुको बक्यौता भुक्तानीका लागि गरेका कार्यहरु :


प्रकाशित : माघ ८, २०७६ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?