कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

फर्कियो सुरुङ अध्ययन टोली

काठमाडौँ — काठमाडौं टोखादेखि नुवाकोटको छहरे जोड्ने सुरुङमार्गको प्रारम्भिक अध्ययन सकेर चिनियाँ टोली फर्किएको छ । नौ जनाको टोलीले एक महिना लगाएर सुरुङबारे अध्ययन गरेको हो ।

चैतसम्म टोलीले चीन सरकारलाई रिपोर्ट बुझाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए । ‘टोली फर्किएको तीन दिन भयो,’ उनले भने, ‘चीन सरकारलाई रिपोर्ट बुझाएपछि थप अध्ययनका लागि अर्को टोली आउनेछ ।’


टोलीले साइट हेर्ने, डाटा संकलन एवं गल्छी र बालाजु सडकको अध्ययन गरेको थियो । ‘उक्त क्षेत्रमा पर्ने सबै बस्ती र पहाडको सर्भे गरिएको छ,’ उनले भने, ‘अध्ययनको विस्तृत जानकारी हामीसँग आएको छैन, चीनमा सार्वजनिक गरेपछि मात्र आउनेछ ।’


यता बुटवल–पाल्पा सडकअन्तर्गत सिद्धबाबा खण्डमा सुरुङ निर्माणका लागि डिजाइनको काम सकिएर ठेक्का प्रक्रियामा छ । स्विस सरकारको सहयोगमा सुरुङको विस्तृत सम्भाव्यता अध्ययन गरिएको हो । नेपाल सरकार आफैंले बनाउन लागेको यो सुरुङमार्गको लम्बाइ १ दशमलव ३ किमि छ ।


‘अहिले यसको ठेक्का गर्ने तयारीमा छौं,’ प्रमुख थापाले भने, ‘धेरै समय लाग्ने छैन, छिट्टै ठेक्का गरेर काम सुरु गर्छौं ।’ यसको निर्माण लागत ८ अर्ब रहने अनुमान गरिएको छ ।

प्रकाशित : माघ ७, २०७६ २१:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?