१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नगरकोटका २५ होटललाई हरियो स्टिकर

नुमा थाम्सुहाङ

काठमाडौँ — नगरकोट क्षेत्रका ४६ होटल, रेस्टुरामा गरेको अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २५ वटालाई हरियो स्टिकर प्रदान गरेको छ । त्यसमा पनि क्लब हिमालय, मिस्टिक माउन्टेन र कन्ट्री भिल्ला उत्कृष्ट रहेको विभागले जनाएको छ । 

नगरकोटका २५ होटललाई हरियो स्टिकर

विभागले गरेको मूल्यांकनमा यी तीन होटलले ९० भन्दा माथि अंक प्राप्त गरेका छन् । शनिबार आयोजित कार्यक्रममा यी होटललाई विभागकी महानिर्देशक मतिना जोशी वैद्यले स्तरीकरण लोगो प्रदान गरिन् ।


पर्यटकीय स्थल नगरकोटका चाँगुनारायण र मन्डनदेउपुर नगरपालिकामा ‘खाद्य स्वच्छताका आधारमा होटल रेस्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका–०७४’ अनुसार ८० भन्दा माथि अंक प्राप्त गरी दुईतारेमा दुई होटल परेका छन् ।


६५ भन्दा माथि अंक प्राप्त गरी सन्तोषजनक अर्थात् एकतारेमा २० होटल र ५० भन्दा माथि अंक प्राप्त गरी सामान्यमा २१ वटा होटल रहेका विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सामान्य होटलले सरसफाइ र खाद्य स्वस्थतामा सुधार गर्नुपर्ने विभागले सुझाएको छ ।

प्रकाशित : माघ ५, २०७६ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?