इरान–अमेरिका तनावले सुनको मूल्यमा नयाँ रेकर्ड 

काठमाडौँ — अमेरिका र इरानबीच बढ्दो तनावका बीच सुनको भाउ पनि बढेको छ । शुक्रबार नेपाली बजारमा छापावाल सुन तोलाको ७४ हजार ५ सय पुगेको छ । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै महँगो भएको हो ।

इरान–अमेरिका तनावले सुनको मूल्यमा नयाँ रेकर्ड 

यसअघि भदौ १८ गते सुनको भाउ ७३ हजार ५ सय पुगेको थियो । त्यसपछि स्थिर रहेको सुनको भाउ मंगलबार ७३ हजार ५ सय नै पुगेको थियो ।

बिहीबार फेरि छापावाल सुन तोलाको ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुन बिहीबार तोलाको ७३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।शुक्रबार तेजाबी सुनको तोलाको ७४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार चाँदीको पनि १० रुपैयाँ प्रतितोला बढेर ९ सय रुपैयाँ पुगेको छ ।

किन बढ्यो सुनको भाउ ?

सुनको भाउ बढ्नुको प्रमुख कारण अमेरिका–इरानबीचको बढ्दो तनाव भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । इरान–अमेरिकाबीचको टकरावले अन्तर्राष्ट्रिय बजारमै पनि सुनका भाउ बढेको छ ।

इराकको बग्दाद विमानस्थलमा अमेरिकी हवाई आक्रमणमा इरानी सेनाका कमाण्डर कासिम सुलेमानीको मारिएपछि मध्यपूर्व र अमेरिकाबीच टकरावको अवस्था सिर्जना भएको छ ।


त्यस्तै अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएका कारण पनि सुनको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपालले डलरको कारोबार भारतीय रुपैयाँमा गर्ने भएकाले त्यसको प्रत्यक्ष असर सुनचाँदी कारोबारमा परेको हो ।

प्रकाशित : पुस १८, २०७६ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?