३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

निगम ग्वाञ्जाउ र नारिता उड्ने 

अन्तर्राष्ट्रिय गन्तव्य १० पुग्ने 
सुरज कुँवर

काठमाडौँ — भम्रण वर्षलाई लक्षित गर्दै नेपाल वायुसेवा निगमले फागुन पहिलो सातादेखि जापानको राजधानी टोकियो र चीनको व्यापारीक केन्द्र ग्वाञ्जाउमा उडान भर्ने भएको छ । 

निगम ग्वाञ्जाउ र नारिता उड्ने 

निगमका प्रवक्ता गणेश चन्दका अनुसार, निगमको वाइडबडी विमानबाट फागुन १९ देखि जापानको नारिता टोकियो अन्तर्राष्ट्रिय विमानस्थलमा र चीनको ग्वाञ्जाउ अन्तर्राष्ट्रिय विमानस्थलमा चैत २ गतेदेखि उडान हुने भएको छ । ‘निगमको कार्यकारी समितिको बैठकबाट नारिता र ग्वाञ्जाउमा उडान गर्ने निर्णय भएको छ,’ प्रवक्ता चन्दले भने ।


निगमको अपरेशन विभागका निर्देशक दिपुराज जुहार्चनका अनुसार, यी दुवै गन्तव्यका लागि निगमले सबै तयारी पुरा गरिसकेको छ । ‘चीनको ग्वाञ्जाउमा हामी घोषणा गरिएको समयभन्दा एक महिनाअघि (फागुन पहिलो साता) मै जाने तयारी गरीरहेका छौं,’ निर्देशक जुहार्चनले भने । उनका अनुसार, यी दुवै विमानस्थलबाट निगमलाई उडान अनुमती प्राप्त भइसकेको छ ।


निगमले हाल ८ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्दै आएको छ । यी दुई थपिएपछि अन्तर्राष्ट्रिय गन्तव्य १० पुग्ने छन् । हाल यसले भारतको दिल्ली, मुम्बई, बैंगलोर, मलेसियाको कोलालम्मपुर, दुबई, दोहा, हङकङ र जापानको ओशाकामा उडान गर्दै आएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि एयरबस कम्पनीका दुईटा न्यारो र दुईटा वाइडबडी गरी चारवटा जेट विमान छन् ।


निगमले चीनको ग्वाञ्जाउमा १ सय ५८ सिट क्षमताको न्यारोबडी विमानबाट र नारितामा २ सय ७४ वाइडबडी विमानबाट सेवा दिने जनाएको छ । काठमाडौंबाट करिब चार घन्टा लामो हवाई दूरीमा रहेको चीनको ग्वाञ्जाउमा दिनमा र करिब ७ घन्टा लामो हवाई दूरीमा रहेको नारिता विमानस्थलमा राती साढे २ बजे उडान हुने छन् ।


प्रवक्ता चन्दले काठमाडौं–ओशाका उडानमा नाफा नभए नारितामात्रै गरिने बताए । सुरुमा काठमाडौं ओशाका सातामा तीनवटा उडान घोषणा गरेको निगमले हाल मंगलबार र शनिबार गरी सातामा दुईटामात्रै उडान गर्दै आएको छ ।

प्रकाशित : मंसिर २९, २०७६ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?