१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

विदेशी र नेपालीलाई अलग–अलग भाडादर हुँदैन : मन्त्री भट्टराई

दीपक परियार

पोखरा — पर्यटनमन्त्री योगेश भट्टराईले हवाई क्षेत्रमा विदेशी र नेपालीलाई अलग–अलग भाडादर हटाउने तयारी गरिरहेको बताएका छन् । आईएमई नेपाल साहित्य महोत्सवको तेस्रो दिन आइतबार पोखरामा उनले असमान भाडादर हटाउने प्रतिबद्धता व्यक्त गरे ।

विदेशी र नेपालीलाई अलग–अलग भाडादर हुँदैन : मन्त्री भट्टराई

एयरलाइन्स कम्पनीसँग पर्यटनमन्त्रीको ‘सेटिङ’ले दुई थरी भाडादर कायम भएको भन्ने एक सहभागीको जिज्ञासामा भट्टराईले भने, ‘मेरो सेटिङले होइन, यो पहिलेदेखिको सेटिङले भएको हो ।’

उनले एयरलाइन्स कम्पनीसँगकै सहमतिमा अलग भाडादर हटाउने निर्णय कार्यान्वयन गरिने उल्लेख गरे ।


महोत्सवमा ‘अबको नेतृत्व कस्तो ?’ शीर्षकको सेसनमा उनीसँगै थिए, कांग्रेस नेता गगन थापा र साझा पार्टीका संयोजक रवीन्द्र मिश्र । उनीहरुसँग पत्रकार उमेश चौहानले छलफल चलाए ।


फेवाताल किनारको बाराहीघाट मैदानमा महोत्सव भइरहेको छ । महोत्सवमा साहित्य, कला, राजनीति लगायत विषयमा दिनभर छलफल हुन्छन् । महोत्सव सोमबार सकिँदैछ ।

प्रकाशित : मंसिर २९, २०७६ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?