१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

दुप्चेश्वर मेलामा ५ करोडको कारोबार

कृष्ण थापा

नुवाकोट — जिल्लाको प्रसिद्ध दुप्चेश्वर मेलामा ५ करोड रुपैयाँको कारोबार भएको छ । 

दुप्चेश्वर मेलामा ५ करोडको कारोबार

धान्यपूर्णिमाको अवसरमा शनिबारदेखि बिहीबारसम्म लागेको मेलामा लत्ताकपडा, दैनिक उपभोग्य वस्तुहरु, खाद्यान्न, सांस्कृतिक भेषभुषा, पूजासामग्री लगायत खरिद बिक्रीबाट उक्त रकम बराबर कारोबार भएको दुप्चेश्वर क्षेत्र विकास कोषका अध्यक्ष किशोर आचार्यले बताए । मेलामा १ सय ३० स्टल थिए ।


दुप्चेश्वर महादेव मन्दिरमा डेढ लाख भक्तजनले मेला भरेको कोषले जनाएको छ । दुप्चेश्वर गाउँपालिका ६ मा रहेको उक्त महादेव मन्दिरमा वर्षेनि मेला लाग्छ । मेलामा सिन्धुपाल्चोक, रसुवा, धादिङ, चित्तवन, काठमाडौं, भक्तपुर, किर्तिपुर, काभ्रे, मकवानपुर, संखुवासभा, तनहुँ, गोरखा लगायत जिल्लाहरुबाट भक्तजनहरुको जम्मा हुन्छन् । मन्दिरमा चढाइएको भेटी १ लाख ५८ हजार र स्टलबाट २ लाख रुपैयाँ कोषलाई आम्दानी भएको छ ।


सबै धर्मका भक्तजनहरु भेला हुने उक्त मेलामा धामी–झाँक्रीहरुको नाच आकर्षण रहने गर्छ । दुप्चेश्वरमा भाकल गरे मनोकांक्षा पूरा हुने, सन्तान प्राप्ति हुने, बोल्न नसक्ने बालबालिका बोल्ने, वस्तुभाउ थारो नबस्ने जनविश्वास छ ।

प्रकाशित : मंसिर २८, २०७६ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?