बूढीगण्डकीको मुआब्जा पुनरावलोकन हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा कम भएको भन्दै स्थानीय र सरोकारवालाले आन्दोलन गरेपछि पुनरावलोकनको सहमति भएको छ । ऊर्जा मन्त्रालयमा मंगलबार भएको सरोकारवालाको छलफलमा मुआब्जा निर्धारणमा पुनरावलोकनको प्रावधान अनुसार अघि बढ्ने सहमति जुटेको हो ।

ZenTravel

छलफमा बूढीगण्डकीका सरोकारवाला र स्थानीय जनप्रतिनिधिहरू सहभागी थिए । छलफलले आयोजनाको शीघ्र कार्यान्वयनका लागि ऐक्याबद्धता जुटाएको छ भने मुआब्जा वितरणसँगै पुनर्बास र पुनर्स्थापनाको काम पनि अघि बढाउने सहमति भएको छ ।

Meroghar


आयोजना प्रभावित क्षेत्रका जग्गावालाहरूलाई लाभकर छुटका लागि ऊर्जा मन्त्रालयले दुई साताभित्र मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने सहमति पनि भएको छ ।

प्रकाशित : मंसिर २५, २०७६ ०८:०९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सिमीसित चामल साटफेर

‘हामीसँग सिमी हुन्छ, व्यापारीले चामल ल्याउँछन्, एक पाथी सिमी दिएर दुई पाथी चामल राख्छौं’
हरि गौतम

(रुकुम पूर्व) — सिस्ने गाउँपालिका–१ ठूला सिस्नेका मनराज बुढा प्रशस्त सिमी उत्पादन गर्छन् । यसरी उत्पादन गरिएको अर्गानिक सिमीले मूल्य पाउन सकेको छैन । बिक्री नहुने भएपछि बुढाले चामलसित सिमी साट्ने गरेका छन् । एक पाथी चामल बराबर बुढाले त्यति नै सिमी दिन्छन् । 

भूमे गाउँपालिका–२ की बलकुमारी बुढा मगरले यस वर्ष पनि आफूलाई चाहिनेबाहेकको सिमी बेचिसकिन् । उनले पनि नगदमा बेचेकी होइनन् । चामलसित साटेकी हुन् । यी मात्र होइन, यहाँका अधिकांश स्थानीयले सिमीसित चामल साट्छन् ।

सिस्ने–१ का सबै टोलमा सिमी फल्छ । सबैले बराबर परिमाणमा सिमी दिएर चामल साट्ने गरेका छन् । घरमा चामल लिएर आउने जो कोहीलाई सिमी दिन्छन् । शिक्षक र व्यापारीले चामलसित सिमी साटेर बजार पुर्‍याउँछन् । चामलसँग साट्दा सिमी कम मूल्य पर्ने गरेको स्थानीय नन्दराम बुढाले बताए । ‘बजारमा चामलको भन्दा दोब्बर मूल्यमा सिमी बिक्री हुन्छ, हामीले भने सरोबरमै सिमी साटिरहेका छौं,’ बुढाले भने ।

सडक नजोडिएकाले सजिलै सिमी बजार पुर्‍याउन सम्भव छैन । भूमे–१, २, ३ र अन्य वडामा पनि चामलसित सिमी साट्ने गरिन्छ । यस क्षेत्रमा भने एक भाग सिमीको दुई भाग चामल राख्ने चलन छ । व्यापारीले दुई बोरा चामल दियो भने एक बोरा सिमी बजार लगेर बेच्छन् । बजारमा प्रतिपाथी ६ देखि ८ सय रुपैयाँमा सिमी बेचिन्छ । केही वर्षदेखि चामलले सिमी साट्न थालेको बलकुमारीले बताइन् । ‘हामीसँग सिमी हुन्छ, व्यापारीले चामल ल्याउँछन्, एक पाथी सिमी दिएर दुई पाथी चामल राख्छौं,’ उनले भनिन् ।

यी क्षेत्रमा धान उत्पादन हुँदैन । मुख्य खाद्यान्न बाली मकै, गहुँ र आलु हो । भात खानका लागि हुनेहरूले सिमीले साटफेर गर्छन् भने नहुनेहरूले किनेर भात खान्छन् । ‘यो चलन सुरु भएको केही समय भयो,’ सिस्ने गाउँपालिका–१ का वडाध्यक्ष मानबहादुर बुढाले भने, ‘पहिला यत्तिकै खेर जाने सिमी अब चामलसँग साटफेर हुने अवस्था आएको छ ।’ बजार टाढा भएका कारण उत्पादित वस्तु कम मूल्यमै बेच्नुपरेको भनाइ उनको छ । गाउँ नजिक सडक पुग्दै गरेपछि व्यापारीहरू स्थानीय उत्पादन खोज्दै सिस्ने पुग्ने गरेको उनले सुनाए । गाउँसम्म सडक नपुग्दासम्म स्थानीय उत्पादनले मूल्य नपाउने वडाध्यक्ष बुढाले बताए । सिमीका साथै यहाँको आलु पनि बजारसम्म पुग्न मुस्किल छ । सिस्नेका हरेक घरमा प्रशस्त आलु फल्ने गर्छ ।


प्रकाशित : मंसिर २५, २०७६ ०८:०८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×