सेयर कारोबारमा बैंकको हिस्सा घट्यो

साताको सेयर
कान्तिपुर संवाददाता

काठमाडौँ — साप्ताहिक सेयर कारोबारमा वाणिज्य बैंक समूहको कारोबार हिस्सा घटेको छ । गत साता कुल कारोबारमा बैकिङ समूहको हिस्सा ३८ प्रतिशतमा झरेको छ ।

ZenTravel

साताभर कुल १ अर्ब ३७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । जसमध्ये करिब ५२ करोड रुपैयाँ बराबरको कारोबार बैकिङ समूहका कम्पनीको छ । यो कुल साप्ताहिक कारोबारको करिब ३८ प्रतिशत मात्र हो ।

Meroghar


सामान्य अवस्थामा बैकिङ समूहले कुल सेयर कारोबारको करिब ५० प्रतिशतभन्दा धेरै हिस्सा ओगटदै आएको छ । तर, पछिल्ला ५/६ महिना यता यस्तो हिस्सामा निकै उतारचढाव देखिदै आएको छ । कहिले यस्तो हिस्सा बढेर ६४ प्रतिशतसम्म पुगेको छ भने कहिले ४२ प्रतिशतसम्म पनि झरेको छ । हाल बजारमा २७ वाणिज्य बैंकको सेयर सूचीकृत छन् । ग्लोबल आईएमई र जनता बैंकको मर्जर पछि सूचीकृत बैंक संख्या २६ मा झर्ने छ । सरकारको पूर्ण स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको सेयर सूचीकृत छैन ।

वाणिज्य बैंक समूहको सेयर स्वामित्व घटेसँगै बिमा र लघुवित्त समूहको हिस्सा बढेको छ । साताको कारोबारमा लघुवित्त समूहको हिस्सा साढे १६ प्रतिशत र बिमाको १७ प्रतिशत छ ।

बैंक तथा वित्तीय संस्थाले भर्खर पहिलो त्रैमासको अपरिष्कृत प्रतिवेदन सार्वजनिक गरेको छन् । धेरैले लाभांश पनि घोषणा गरिसकेको छन् । यही कारण पनि बैकिङ समूहको सेयरमा लगानीकर्ताको आकर्षक कम रहेको जानकारहरु बताउँछन् ।

यो साता करिब २३ हजार २ सय कारोबारबाट १ सय ८७ कम्पनीका ४५ लाख ९७ हजार कित्ता सेयर किनबेच भए । साप्ताहिक कारोबारमा नेप्से सकारात्मक देखिएको छ । यो साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँचै दिन खुला रहयो । विगतमा जस्तै यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कारोबार भएन ।

प्रकाशित : मंसिर २१, २०७६ २०:५६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

चितवनमा अटो रिक्सा दुर्घटना, ५ को मृत्यु

रमेशकुमार पौडेल

चितवन — भण्डरा–मलेखु चेपाङ पहाडी मार्गमा शनिबार साँझ अटो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । राप्ती नगरपालिका–४ बाट भण्डराको चौकी डाँडा आउँदै गरेको ना १ ह ६४०९ नम्बरको अटो रिक्सा अनियन्त्रित भएर सडकबाट पल्टिएको प्रहरीले जनाएको छ । अटोमा ६ जना सवार थिए । गम्भीर घाइते भएकाहरुको उपचारका क्रममा निधन भएको हो ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रहेका प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाका अनुसार मृतक मध्ये पर्वतको कुस्मा पिपलटारीका ३५ वर्षीय श्यामप्रसाद तिवारीको मात्रै सनाखत भएको छ । अन्य चार जनाको सनाखत हुन नसकेको डीएसपी कोइरालाले बताए । तिवारीको उपचारका क्रममा पुरानो मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा निधन भएको हो ।

सोही अस्पतालमा एकजना लगभग ३५ वर्षीय पुरुषको पनि उपचारको क्रममा निधन भएको छ । त्यसैगरी २५/३० वर्षीया महिलाको पनि सोही अस्पतालमा उपचार हुँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । भरतपुरको सरकारी अस्पतालमा उपचार हुँदै गर्दा एकजना ३५/४० वर्षकी महिला र सोही उमेरको जस्तै देखिने अर्की महिलाको पनि उपचारको क्रममा निधन भएको डीएसपी कोइरालाले बताए ।

नाम पहिचान खुल्न नसकेको एकजना २५/२६ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । जिल्लाका निर्माणाधीन पहाडी सडकमा अटो रिक्सा निकै नै चल्ने गरेका छन् । सीट क्षमताभन्दा बढी मान्छे राख्ने र कच्ची र उकालो घुमाउरो सडकमा पनि अटो रिक्सा तीव्र गतिमा हाक्ने गरेको देखिन्छ ।

प्रकाशित : मंसिर २१, २०७६ २०:३४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
×