१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

भोकमरी सूचकांकमा नेपाल ७३औं स्थानमा

काठमाडौँ — विश्वव्यापी भोकमरी सूचकांकमा नेपाल ७३ औं स्थानमा रहेको एक प्रतिवेदनले जनाएको छ ।वेल्टहंगरहिल्फे नामक अन्तर्राष्ट्रिय संस्थाको साझेदारीमा ‘जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल’ (ली–बर्ड) द्वारा बिहीबार जारी प्रतिवेदनअनुसार छिमेकी मुलुक भारतभन्दा नेपाल अगाडि देखिएको छ ।

‘वेल्टहंगरहिल्फे र कन्सर्न वर्ल्डवाइडको संयुक्त अध्ययनका आधारमा प्रकाशित भोकमरी विश्वव्यापी सूचकांकमा नेपाल ७३ औं स्थानमा छ,’ प्रतिवेदन सार्वजनिक पछि जारी विज्ञप्तिमा भनिएको छ, ‘छिमेकी मुलुकहरू चीन र भारत क्रमशः २५औं र १०२औं स्थानमा छन् ।’


प्रतिवेदनले नेपालको भोकमरी अवस्था ‘अति भयाबह’ र ‘भयाबह’ स्थितिमा नरहेको जनाएको छ । ‘दक्षिण एसियाका भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तानभन्दा नेपालको खाद्य तथा पोषणको स्थिति राम्रो रहेको तर श्रीलंकाभन्दा केही कमजोर छ,’ विज्ञप्तिमा भनिएको छ, ‘भुटान र मालदिभ्स भने यस अध्ययनमा समेटिएका छैनन् ।’

प्रकाशित : मंसिर २०, २०७६ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?