कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

२१ अधिकारीलाई भारतमा प्रशिक्षण

काठमाडौँ — ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’ बारे ६ दिने प्रशिक्षणका लागि २१ नेपाली अधिकारीहरूको तेस्रो समूहले नेसनल एकेडेमी अफ कस्टम्स, इनडाइरेक्ट ट्याक्सेस एन्ड निकोटिन (एनएसीआईएन) मा सोमबारबाट भारतको फरिदाबादस्थित ६ दिने प्रशिक्षण सुरु गरेका छन् । 

यस प्रशिक्षणले कार्यक्रममा सहभागी अधिकारीको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी मामिलालाई प्रभावकारी ढंगबाट सामना गर्न सक्ने क्षमतालाई अभिवृद्धि गर्नेछ ।


नेपाल सरकारको अनुरोधमा ६० अधिकारीहरूका लागि तयार पारिएको यो एक विशेष कोर्स रहेको बताइएको छ । सरकारका विभिन्न निकायहरूको क्षमतालाई अभिवृद्धि गर्ने भारत सरकारको प्रतिबद्धताको उदाहरणका रूपमा यस कार्यक्रमलाई लिइएको छ । भारत सरकारको पूर्ण सहयोग रहेको उक्त कोर्स भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग कार्यक्रमअन्तर्गत रहेको छ ।

प्रकाशित : मंसिर १७, २०७६ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?