३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

इन्धनको मूल्य २ रुपैयाँ बढ्यो

काठमाडौँ — नेपाल आयल निगमले इन्धनको खुद्रा मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ । भारतिय आयल कर्पोरेसन(आइओसी)ले पठाएको नयाँ मूल्य सूचि अनुसार इन्धनको मुल्य बढेको जनाउँदै निगमले यहाँपनि मूल्य बढाएको हो ।

इन्धनको मूल्य २ रुपैयाँ बढ्यो

‘नयाँ खरिद मूल्यमा केही बढेकाले सोमबार राती १२ बजेदेखि नै लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको साविक बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएका छौं,’ निगमका प्रवक्ता विरेन्द्र गोइतले भने । नयाँ मूल्य सूचि अनुसार उपत्यकामा पेट्रोलको खुद्रा बिक्री मूल्य १ सय ९ रुपैयाँ, डिजेल र मटितेलको ९७ रुपैयाँ तोकिएको छ । निगमका अनुसार आइओसीले खाना पकाउने एलपी ग्याँस र हवाइ इन्धनमा पनि मूल्य बढेको सूचि पठाएको छ । तर, एलपी ग्याँस र हवाई इन्धनको हकमा मूल्य यथावत राखेको प्रवत्ता गोइतले बताए ।

सरकारले २०७१ असोजमा स्वचालित मुल्य लागु गरेको थियो । स्वचालित मूल्य अनुसार आईओसीले १ र १५ तारिखमा नयाँ मूल्य पठाउँछ । तर, स्वचालित मूल्य पूर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन ।

प्रकाशित : मंसिर १६, २०७६ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?