कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आर्थिक विकासका लागि सहकार्यमा जोड

(विराटनगर) — दक्षिण एसियाका देशहरुले आपसमा समन्वय गरी सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ । चीनको युनानमा आयोजित चाइना साउथ एसिया, साउथ इष्ट एसिया कमर्सियल लिगल फोरममा सहभागी नेपाली व्यवसायीले सहकार्यमा जोड दिएका हुन् ।

आर्थिक विकासका लागि सहकार्यमा जोड

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं सार्क चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिजका उपाध्यक्ष चण्डीराज ढकाललगायतको टोली सहभागी भएको थियो । कार्यक्रममा विकासका लागि हातेमालो गरी अघि बढ्नुपर्नेमा जोड दिइएको युनानबाट सम्पर्कमा आएका ढकालले बताए ।


चीनले अघि सारेको वन वेल्ट वन रोड (ओभिआर) को अवधारणाबाट दक्षिण एशियाको विकासमा महत्वपूर्ण टेवा पुग्ने भएकाले यसको कार्यान्वयनमा आउन सक्ने कानूनी जटिलताहरुलाई सबै मुलुक एकवद्ध भएर अघि बढ्नुपर्ने सहभागीले बताएका थिए ।


नेपालले पनि विभिन्न क्षेत्रिय/अन्तर्राष्ट्र्यि व्यापार सन्धि सम्झौतामा हस्ताक्षर गरेको सन्दर्भमा मुलुकको आर्थिक विकासका लागि विद्यमान कानूनी अड्चनहरुलाई संशोधन गरेर भए पनि सहकार्यमा जाने वातावरण वनाउने ढकालले बताएका थिए ।


प्रकाशित : मंसिर १०, २०७६ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?