कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

सुक्खा बन्दरगाह शिलान्यास

रसुवा — रसुवाको टिमुरेमा बन्न लागेको सुक्खा बन्दरगाहको शिलान्यास गरिएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव पार्वती अर्याल र इन्टरनेसनल इकोनोमिक एक्सचेन्ज सर्भिस सेन्टर अफ तिब्बतका निर्देशक बीएन हेनले बुधबार बन्दरगाहको शिलान्यास गरे । 

सुक्खा बन्दरगाह शिलान्यास

बन्दरगाह निर्माणका लागि गत वैशाख २९ गते इन्टरमोडल यातायात विकास समिति र चिनियाँ निर्माण कम्पनीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । अब औपचारिक रूपमा बन्दरगाह निर्माणको काम सुरु भएको समितिका सिभिल इन्जिनियर प्रमोद आचार्यले बताए ।


बन्दरगाह निर्माण गर्न चीन सरकारका तर्फबाट तिब्बत फुली कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेड छनोट भएको छ । रसुवागढी नाकाबाट साढे दुई किलोमिटर वर टिमुरेमा बन्ने बन्दरगाहमा चीन सरकारको आर्थिक र प्राविधिक सहयोग हुनेछ । नेपाल र चीनबीच भएको सम्झौताअनुसार चिनियाँ पक्षले सुक्खा बन्दरगाह निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ । ३० महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको सुक्खा बन्दरगाहको लागत करिब १२ करोड ४० लाख चिनियाँ युआन रहेको छ ।


प्रकाशित : मंसिर ५, २०७६ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?