१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बजार अनुगमन गर्न संसदीय उपसमिति

दिनेश रेग्मी

काठमाडौँ — प्रतिनिधिसभाको ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति’ को मंगलबारको बैठकले उपभोग्यवस्तुको अवस्था र गुणस्तरबारे बजार अनुगमन गर्न सात सदस्यीय उपसमिति गठन गरेको छ । समिति सभापति विमलप्रसाद श्रीवास्तवका अनुसार उपसमितिमा सांसदहरू रामवीर मानन्धर, लालप्रसाद साँवा लिम्ब्,ू अमृतदेवी अग्रहरी, गोपालबहादुर बम, प्रकाश रसाइली र सुजाता परियार छन् ।

समितिको अर्को बैठक बसेर संयोजक तोक्ने, एक सदस्य थप्ने र सरकारी अधिकारीसहितको टोली बनाएर अनुगमनमा निस्कने श्रीवास्तवले बताए । ‘उपभोग्यवस्तु गुणस्तरहीन भएको गुनासो आएपछि हामीले बजार अनुगमनका लागि समिति बनाएका हौं,’ श्रीवास्तवले कान्तिपुरलाई भने, ‘अब अनुगमन समितिको बैठक बसेर केही आधार तय गरेर अनुगमनमा निस्कनेछौं ।’


समितिले दाल, चामल, तेल, चिनीलगायतका दैनिक खाद्य सामग्री, तरकारी, फलफूल माछा, मासु, दुग्धजन्य पदार्थ, मिनरल वाटर, औषधिलगायतको नापतौल, म्ल्यू, गुणस्तर, कारखाना निरीक्षण गर्ने जनाएको छ । अनुगमनमा सम्बन्धित विषय विज्ञ, नापतौल तथा गुणस्तर निकायका अधिकारी, प्रहरी र प्रशासनको समेत सहभागिता हुनेछ ।


‘बजार अनुगमन गरी म्ल्यू निर्धारणदेखि पौष्टिकता, गुणस्तर, विषादीको परीक्षण गर्नेछौं,’ उपसमिति सदस्य रसाइलीले भने, ‘उपभोक्तको हक, अधिकारलाई सुनिश्चित गर्न अनुगमन गर्न जान लागेका हौं ।’ उपसमितिले सुरुमा उपत्यका र पछि राजधानीबाहिर अनुगमन गर्ने बताएको छ । प्रतिनिधिसभा नियमावलीअनुसार संसदीय समितिले सरकारलाई उत्तरदायी र जवाफदेही बनाउन, सरकारका काम कारबाही तथा समितिमा आएका गुनासाबारे बैठक, सोधपुछ, अनुगमन र म्ल्यूांकन गरी सल्लाह र निर्देशन दिन सक्ने व्यवस्था छ ।


‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति’ को कार्यक्षेत्रअन्तर्गत उद्योण, वाणिज्य तथा आप्र्तूि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा मातहतका विभाग, कार्यालय र निकायहरू पर्छन् ।


प्रकाशित : मंसिर ४, २०७६ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?