कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

दुई मन्त्रीले गरे अनावरण

कृष्ण थापा

(सिम्ले, नुवाकोट) — प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारको एक्सन रुमबाट स्वीच दबाएर ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत्को उद्घाटन गरेकै दिन आयोजनाको विद्युतगृहमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षामान पुन र अर्थमन्त्री युवराज खतिवडाले संयुक्त रूपमा शिलापत्र अनावरण गरेका छन् । 

दुई मन्त्रीले गरे अनावरण

अनावरणका क्रममा सबै भार विद्युत् आयोजनालाई बोकाएर बिजुली महँगो बनाउन नहुने अर्थमन्त्री खतिवडाले बताए । ऊर्जामन्त्री पुनले सबैको सहयोगमा आयोजना सम्पन्न भएको बताउँदै प्रभावित क्षेत्रका स्थानीयलाई समुचित सम्बोधन गरिने बताए । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले थ्री ए विद्युत् उत्पादनको एउटा खुट्किलो बताए ।


नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको लगानी र चिनियाँ सरकारको सहुलियतपूर्ण ऋणसहित १७ अर्ब ३२ करोड रुपैयाँमा आयोजना निर्माण सम्पन्न भएको छ । चिनियाँ एक्जिम बैंकको १२ करोड ५८ लाख अमेरिकी डलर सहुलितपूर्ण ऋण लगानी भएको यो आयोजना इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडलमा निर्माण भएको हो । विभिन्न समस्या झेल्दै रुग्ण बनेको आयोजनालाई २०७२ वैशाखको विनाशकारी भूकम्प र त्यसपछि आएको बाढीपहिरोले झनै प्रभावित पारेको थियो । भूकम्प र पहिरोले आयोजनाको बाँधको दायाँ–बायाँ र प्रवेशमार्गको विभिन्न स्थानमा क्षति पुर्‍याएको थियो ।


आयोजनाबाट उत्पादित विद्युत् किस्पाङ ५ सिम्लेस्थित स्विचयार्डबाट ४८ किलोमिटर प्रसारण लाइनमार्फत काठमाडौंको मातातीर्थमा ल्याएर राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ । आयोजनाले स्विचयार्डबाट निर्माणाधीन त्रिशूली ‘थ्री बी’ हब सबस्टेसनसम्म १.३ किलोमिटर १३२ केभी डबल सर्किट, सबस्टेसनबाट काठमाडौंको बाँडभञ्ज्याङसम्म ३८.६ किलोमिटर २२० केभी डबल सर्किट, बाडभञ्ज्याङबाट मातातीर्थसम्म ४.८ किलोमिटर फोर सर्किट प्रसारण लाइन निर्माण गरेको छ । मातातीर्थमा १.४५ किलोमिटर २२० केभी फोर सर्किट प्रसारण लाइनलाई भूमिगत गरिएको छ । प्रसारण लाइन निर्माणका लागि चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन (सीडब्लूई) सँग २ करोड २६ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो ।


प्रकाशित : मंसिर ३, २०७६ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?