कर दिवसमा १५ करदाता सम्मानित, सूर्य नेपाल सबैभन्दा बढी कर तिर्ने संस्था 

नुमा थाम्सुहाङ

काठमाडौँ — आठौं राष्ट्रिय कर दिवसको अवसरमा सरकारले गएको  वर्षमा सबैभन्दा बढी र समयमा कर तिर्ने करदातालाई सम्मान गरेको छ । आन्तरिक राजश्व विभागले आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले १५ करदातालाई सम्मान गरेका हुन् ।

कर दिवसमा १५ करदाता सम्मानित, सूर्य नेपाल सबैभन्दा बढी कर तिर्ने संस्था 

खतिवडाले सम्मानित करदातालाई बधाई दिएका थिए ।


सम्मानित हुनेमा सूर्य नेपाल प्रालि, डाबर नेपाल प्रालि, जगदम्बा स्टिल्स प्रालि, अन्नपूर्ण एग्रो इण्डष्ट्रिज प्रालि, छिमेकी लघुवित्तीय संस्था लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, मनिपाल एजुकेशन एण्ड मेडिकल ग्रुप, वर्ल्ड लिंक कम्युनिकेशन लिमिटेड, अग्नि इन्कर्पोरिटेड प्रालि, तारागाउँ रिजेन्सी होटल लिमिटेड, कामना सेवा विकास बैंक लिमिटेड, भिएफ सर्भिसेस (मोरिसस) प्रालि, सिद्धार्थ शम्सेर जबरा र घोराही सिमेन्ट इण्डष्ट्रिज प्रालि रहेका छन् ।

गत वर्ष पनि सम्मानित भएका करदातामा सूर्य नेपाल, डाबर नेपाल, राष्ट्रिय वाणिज्य बैंक, छिमेकी लघुवित्त वित्तीय वित्तीय संस्था, तारागाउँ रिजेन्सी होटल लिमिटेड, सिद्धार्थ शम्सेर जबरा र घोराही सिमेन्ट लिमिटेड रहेका छन् ।


प्रकाशित : मंसिर १, २०७६ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?