२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

तीन महिनामा टेलिकमको नाफा सवा तीन अर्ब

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल टेलिकमले साउनदेखि असोजसम्म तीन महिनाको अवधिमा सवा तीन अर्ब नाफा गरेको छ । टेलिकमले शनिबार सार्वजनिक गरेको आफ्नो त्रैमासिक वित्तीय विवरणमा उल्लेख गरिए अनुसार यो अवधिमा कम्पनीले तीन अर्ब २४ करोड ६७ लाख नाफा गरेको छ ।

तीन महिनामा टेलिकमको नाफा सवा तीन अर्ब

अघिल्लो वर्षको तुलनामा यो त्रैमासिकमा करिब २५ करोड नाफा कम भएको हो । अघिल्लो आर्थिक वर्षको साउनदेखि असोजसम्मको अवधिमा टेलिकमले साढे तीन अर्ब नाफा गरेको थियो ।


यो तीन महिनामा टेलिकमले कूल १० अर्ब ६० करोड आम्दानी गरेको थियो । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको कूल आम्दानी १० अर्ब ८५ करोड थियो । यो अवधिमा जीएसएम सेवाबाट मात्रै ६ अर्ब ४३ करोड आम्दानी भएको टेलिकमको वित्तीय विवरणमा उल्लेख छ । योमध्ये रिचार्च कार्डको छुट बापत ३२ करोड खर्च भएको कम्पनीले जनाएको छ ।


नियमित डाटा शुल्क भन्दा छुट दिइएको डाटा प्याकेजमा उपभोक्ता आकर्षित हुँदै गएको विश्लेषण टेलिकमको छ । टेलिकम बजारमा प्रतिस्पर्धा, प्रविधिको तीव्र विकास, अन्तर्राष्ट्रिय कलमा आएको कमी, वैदेशिक रोजगारीमा जानेको संख्यामा आएको कमीलाई टेलिकमले चुनौतिको रुपमा उल्लेख गरेको छ ।

प्रकाशित : कार्तिक ३०, २०७६ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?