३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

कृषि सुधार्न जापानी आउने

कान्तिपुर संवाददाता

काठमाडौँ — कृषि प्रणालीलाई आधुनिकीकरण गर्न जापानी वैज्ञानिकहरू नेपाल आउने भएका छन् । यसबारे ‘नेपाल कृषि अनुसन्धान परिषद्’ (नार्क) र ‘अन्तर्राष्ट्रिय कृषि वैज्ञानिक अनुसन्धान केन्द्र जापान’ (जिरकास) बीच बुधबार सम्झौता भएको छ ।

‘नेपाल कृषिका लागि धेरै सम्भावना भएको देश हो,’ जिरकासका अध्यक्ष तथा जापानका प्रसिद्ध कृषि वैज्ञानिक डा. मासा इवानागाले भने, ‘जापान आफ्ना वैज्ञानिकहरूलाई नेपालको कृषिमा आधुनिकीकरण गर्न सघाउन तयार छ ।’


मासाका अनुसार नेपालको उच्च पहाडी भेगमा हुने धानबारे जापानका वैज्ञानिकहरू अनुसन्धान गर्न इच्छुक छन् ।


प्रकाशित : कार्तिक २८, २०७६ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?