१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

शाश्वतधाममा घुइँचो

कान्तिपुर संवाददाता

(नवलपरासी) — दुम्कौलीस्थित शाश्वतधाम दर्शन गर्न आउनेको संख्या बढ्दै गएको छ । ३२ महिनामा ३० लाख पर्यटकले अवलोकन गरेको दाबी शाश्वतधामका महाप्रबन्धक नारायण श्रेष्ठले गरे । ३० जना धार्मिक पर्यटकलाई व्यवस्थापनले आइतबार राति फूलमाला र अबिर जात्रा गराउँदै स्वागत गर्‍यो । धाममा सञ्चालित संस्कृत गुरुकुलका विद्यार्थीले पाहुनाको स्वागतमा विभिन्न योगासान प्रदर्शन गरेका छन् ।

तीर्थालुलाई शाश्वतधाम र त्यहाँ रहेको बुद्धिस्ट सेन्टर अवलोकन गराइएको थियो । यहाँ प्रवेश नि:शुल्क छ । गुरुकुलमा ८० जना विद्यार्थी नि:शुल्क अध्ययन गर्छन् । उनीहरूलाई हिन्दु धर्ममा वैदिक विधिअनुसार पूजाआजासहित अध्ययनको व्यवस्था छ । शाश्वतधाममा रहेको एकाम्बरेश्वर महादेवको मन्दिर भव्य र कलात्मक छ ।


सिरहाबाट आएका मिजनारायण महतोले नेपालमा यस्तो भव्य मन्दिर होला भनेर कल्पना पनि नगरेको बताए । उनले मन्दिर वरपरको हरियाली पार्क थप आकर्षण रहेको सुनाए । सिरहा, सप्तरी, बारा, पर्सा, ताप्लेजुङ, बैतडी, डोल्पाबाट सोमबारधाम अवलोकनका लागि भक्तजन आएका थिए । महेन्द्र राजमार्ग हुँदै पूर्वपश्चिम हिँड्नेहरूको मुख्य रोजाइ शास्वतधाम हुने गरेको छ ।


सरकारले ‘बेस्ट टुरिस्ट डेस्टिनेसन’ को रूपमा शाश्वतधामलाई राखेको छ । पवित्र देवघाट र लुम्बिनी क्षेत्रको सामीप्यमा रहेको यस धामभित्र रहेको मनमोहक र वैभवयुक्त एकम्बरेश्वर शिव मन्दिर प्रमुख आकर्षण

बनेको छ । मन्दिरभित्र ठूलो शिवलिंग छ । पार्वती, गणेश, हनुमान, सूर्यनारायण, नवग्रह, सतीदेवीलगायतका थुप्रै हिन्दु देवी देवताका प्रतिमाहरू सँगै रहेका छन् ।


प्रकाशित : कार्तिक २७, २०७६ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?