कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

वायुसेवा निगमको दाबी : 'ओसाका उडान घाटामा छैन'

दिनहुँको घाटालाई ढाकछोप गर्ने प्रयास
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले नेपाल वायुसेवा निगमले गत भदौमा सुरु गरेको जापानको ओसाका उडानलाई ‘घाटाको योजना’ भन्न नमिल्ने दाबी गरेका छन् ।

वायुसेवा निगमको दाबी : 'ओसाका उडान घाटामा छैन'

‘अहिले यात्रुको चाप बढेको छ, ओसाका उडान फाइदामा जाने निश्चित छ,’ निगमले गरेको पत्रकार सम्मेलनमा बुधबार खरेलले भने, ‘ओसाकापछि नारिता उडानका लागि यही महिनाभित्र आवश्यक कागजी प्रक्रिया पुरा हुनेछ, अनि हामी सिधै फाइदामा जानेछौं ।’ तर, ओसाका उडानको यात्रु चाप, अनुपात र सिधै देखिएको घाटाबारे कार्यकारी अध्यक्षले केही बताउन चाहेनन् ।


नेपाल वायुसेवाको प्रणालीमा गरिएको सुधार र बजेट किफायतीका कारण पछिल्लो केही महिनामा मात्रै ५८ करोड रुपैयाँ बचत हुन पुगेको दाबी गर्दै खरेलले यसैबाट निगमले तिर्नुपर्नेमध्ये जरुरी ३३ करोड रुपैयाँ (ओभरड्राफ्ट) चुक्ता भएको जानकारी दिए । तर, जेजस्तै बचत र सुधारिएको अवस्था भएपनि निगमले तत्काल वाइडबडी खरिदको किस्ता रकम तिर्न नसक्ने बताउँदै उनले यसका लागि सरकारको सदासयता आवश्यक रहेको बताए ।


‘अब निगमको आन्तरिक उडानमा विदेशी यात्रुबाट लिइने डलर शुल्क हटाइनेछ,' खरेलले भने, ‘आगामी भ्रमण वर्ष २०२० मा वायुसेवाले कम्तिमा अढाइ लाख विदेशी यात्रु नेपाल ल्याउने अपेक्षा छ ।’ अहिले वर्षमा औसत डेढ लाख विदेशी यात्रु नेपाल वायुसेवाको सेवाबाट नेपाल भ्रमणमा आउने गरेका छन् । तर, नेपाल वायुसेवाले थप गन्तव्यमा उडान भर्न थालेको पहल सफल भएमा मात्रै यात्रु संख्या बढ्न सक्ने भन्दै उनले आफ्नै भनाइको बचाउ गरे । पत्रकार सम्मेलनमा बाँडिएको सूचीपत्रअनुसार, निगमले बेइजिङ, सांघाई, ढाका, याङ्गुन, हनोइ, नोम्पेह र कोलम्बोमा उडान भर्न पहल गरिरहेको छ ।


चिनियाँ अनुदानका विमानहरु वर्षौदेखि ‘ग्राउन्डेड’ हुँदै आएकोबारे चीनबाट समयमा पाटपुर्जा नआएका कारण र कतिवय अवस्थामा नागरिक उड्डयन प्राधिकरणले तय गरेको ‘नोटाम’ सहितको प्रबन्धका कारण ती विमान उड्न नसकिरहेको उनको भनाइ छ । ‘तर, पक्कै पनि केही समयभित्रमा उडाउनेछौं,’ उनले भने ।


प्रकाशित : कार्तिक २०, २०७६ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?