डेपुटी गभर्नरमाथि छानविन गर्न समिति गठन, श्रेष्ठलाई आजै निलम्बनको पत्राचार गरिने 

कृष्ण आचार्य, यज्ञ बञ्जाडे

काठमाडौँ — राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथी छानविन गर्न तीन सदस्यीय समिति गठन भएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्र बैंक सञ्चालक समितिले आज बिहान बसेको बैठकले तीन सदस्यीय छानविन समिति गठन गरेको हो ।

‘सञ्चालक समितिमा रहेका तीन स्वतन्त्र सदस्यहरुमा श्रीराम पौडेल, रामजी रेग्मी र सुवोध कुमार कर्णलाई छानविनको जिम्मा दिइएको छ,’ सञ्चालक समितिका एक सदस्यले भने, ‘श्रेष्ठलाई अर्थ मन्त्रालयले नियुक्त गरेको कारणलाई आजै मन्त्रालयले उनलाई निलम्बनको पत्र दिने छ।’ छानबिन समिति गठन गर्नासाथ निलम्बनमा पर्ने कानुनी व्यवस्था छ।

राष्ट्र बैंकले अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई छानविन समिति गठनको पत्राचार गरिसकेको छ। सञ्चालक समितिका सदस्य तथा अर्थ सचिव राजन खनाल मार्फत पत्र पठाइसकेको सञ्चालक समितिले जनाएको छ।

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी क्रियाकलापमा सरकारलाई असहयोग, राष्ट्र बैंकका विभिन्न मुद्दाहरुमा विपक्षीलाई सघाएको, बैंक तथा वित्तिय संस्थाहरुसंगको मिलोमतोमा विभिन्न अनियमितता गरेको पाएपछि कार्तिक ३० को मन्त्रिपरिषद् बैठकले श्रेष्ठमाथि छानबिन गर्ने निर्णय गरेको थियो। उक्त निर्णय अनुसार सञ्चालक समितिले छानविन समिति गठन गर्नुपर्ने व्यवस्था छ। ‘छानविन समितिलाई ३० दिनको कार्यअवधि दिइएको छ,’ सञ्चालक समितिका ति सदस्यले भने।

‘मन्त्रिपरिषद्को निर्देशनमा कानुनि हिसाबले छानबिन भनिए पनि श्रेष्ठलाई पदमुक्त गर्ने प्रक्रिया सुरु गरिएको’ जनाइएको छ। राष्ट्र बैंक ऐन अनुसार पदमुमुक्त गर्नु छानविन, स्पष्टीकरण र त्यसपछि मात्रै पदमुक्त गर्नुपर्ने व्यवस्था छ।

श्रेष्ठले एनसेललाई लाभांश लैजाने प्रक्रिया र सर्वोच्चमा परेको मुद्दामा सहयोग गरेको, रकम फुकुवा गर्ने सर्वोच्चको फैसला आइनपुग्दै व्यापारी अजेयराज सुमार्गीलाई साथ दिएको, बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा लुकाउन सहयोग गरेको, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सूचना संकलन गर्न संयुक्त राष्ट्रसंघको सहयोगमा पाँच वर्षअघि लिइएको सफ्टवेयर प्रणाली लागु गर्न असहयोग गरेको लगायत आरोप उनीमाथि छन्।

श्रेष्ठले पदीय मर्यादाभन्दा बाहिर गई गम्भीर प्रकृतिका गैरकानुनी काम गरेको देखिएपछि प्रधानमन्त्री कार्यालयले नै मन्त्रिपरिषद्मा एजेन्डा पेस गरेको मन्त्रीले बताएका छन्। उनका अनुसार अर्थमन्त्री युवराज खतिवडा अमेरिका गएका बेला मन्त्रिपरिषद्ले सो निर्णय गरेको हो। सरकाले उक्त मन्त्रिपरिषद्का ११ वटा निर्णयहरूबारे सञ्चारकर्मीलाई जानकारी गराए पनि श्रेष्ठको छानबिनको विषय भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।

२०७२ फागुनमा डेपुटी गभर्नर भएका श्रेष्ठले सुपरिवेक्षण विभाग हेरिरहेका छन्। सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी क्रियाकलाप, बैंक तथा वित्तीय संस्थाहरूमाथिको सुपरिवेक्षण, सूचना प्रविधिलगायत क्षेत्रमा काम गर्नुपर्ने जिम्मेवारी श्रेष्ठलाई राष्ट्र बैंकले तोकेको छ।

प्रकाशित : कार्तिक १८, २०७६ ०९:३४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

‘उरी : द सर्जिकल स्ट्राइक’ सर्वाधिक कमाइ

(एजेन्सी)

काठमाडौँ — बलिउडमा सन् २०१९ मा थुप्रै फिल्म हिट, सुपरहिट भए । स्टारकास्ट फिल्मले भन्दा सामान्य मानिएका अभिनेताका मध्यम बजेटका फिल्मले बक्स अफिसमा तहल्का मच्चाए । पछिल्लो समय बलिउडमा पनि ‘कन्टेन्ट’ बिक्न थालेको छ ।

हृत्तिक रोशन, टाइगर श्राफ अभिनित एक्सन फिल्म ‘वार’ ले अहिलेसम्म घरेलु बक्स अफिसमा मात्रै ३१४ करोड भारुको ग्रस कलेक्सन गर्दै यस वर्ष सर्वाधिक व्यापार गर्ने फिल्म तबनेको छ तर सर्वाधिक नाफा गर्ने फिल्मको सूचीमा भने ‘उरी : द सर्जिकल स्ट्राइक’ अगाडि छ ।

त्यसैगरी, प्रभास स्टारर ‘साहो’, सलमान खान स्टारर ‘भारत’, अक्षयकुमारको‘केशरी’ का बक्सअफिसमा व्यापार हेर्दा ठूलै रकम देखिए पनि बिग बजेटका कारण उक्त फिल्महरूको नाफा भने कम देखिएको छ । बरु २५ करोड भारु बजेटको ‘उरी’ २४५ करोड भारुकमाइ गर्दै लगानीको ८६७ प्रतिशत बढी मुनाफा गर्न सफल रह्यो । नाफा प्रतिशतका आधारमा सर्वाधिक आम्दानी गर्ने फिल्मको सूचीमा ‘ड्रिमगर्ल’ दोस्रो नम्बरमा परेको छ । ३० करोडभारु बजेटमा बनेको आयुस्मान खुराना अभिनित उक्त फिल्मले बजेटको ३६६ प्रतिशत नाफा गरेको हो ।

यस वर्ष सर्वाधिक चर्चामा रहेको शाहिद कपूर अभिनित फिल्म ‘कबिर सिंह’ बजेट र कमाइको अनुपातमा सर्वाधिक मुनाफा गर्ने फिल्मको तेस्रो स्थानमा अटाएको छ । यसको नाफाबजेटको ३६४ प्रतिशत मूल्यांकन गरिएको छ । अक्षयकुमार अभिनित ‘केशरी’ ले बक्सअफिसमा डेढ सय करोड र ‘मिसन मंगल’ ले दुई सय करोड भारुको कमाइ गरे पनि दुईफिल्मको बजेटको तुलनामा ‘मिसन मंगल’ सुपरहिट बन्यो । ‘केशरी’ ७५ करोड भारुमा बनेको थियो भने ‘मिसन मंगल’ केवल ४५ करोड भारुमा ।

यसै वर्ष मिथुन चक्रवर्ती र मन्दिरा वेदी अभिनित फिल्म ‘द टास्केन्ट फाइल्स’ पनि रिलिज भयो । कतिपयले त यस फिल्मको नाम अझै पनि सुनेका छैनन् होला तर चार करोडभारुको उक्त फिल्मले झन्डै १७ करोड भारुको कमाइ गर्‍यो । अथवा, लगानीको ३१८ प्रतिशतको नाफा निर्मातालाई दिलायो । त्यसैगरी, लगानी र कमाइ अनुपातका आधारमा सर्वाधिकबढी प्रतिशत मुनाफा गर्ने यस वर्षका बलिउड फिल्ममा ‘बदला’, ‘लुकाछुपी’, ‘गल्ली ब्वाई’, ‘आर्टिकल १५’, ‘छिचोरे’ क्रमशः सूचीको छैटौंदेखि दसौं स्थानमा पर्दा ‘साहो’ ११ औंबढी मुनाफा गर्ने फिल्म बन्यो ।

त्यसैगरी, बक्स अफिसका आधारमा यस वर्ष सलमान खान स्टारको र्‍याङ्किङमा अग्रस्थानमा छन् भने उनलाई आमिर खानले पछ्याएका छन् । त्यसपछि अक्षयकुमार र अजय देवगणस्टार र्‍याङ्किङमा रहँदा शाहरूख खान पाँचौं स्थानमा परेका छन् । छैटौंदेखि दसौं स्थानमा क्रमशः हृत्तिक रोशन, रनवीर सिंह, प्रभास, रणवीर कपूर र शाहिद कपूर अटाएका छन् ।

यसको मापन निम्न अभिनेताका फिल्मले एक सय, दुई सय वा तीन सय करोड क्लब प्रवेश गरेका आधारमा पाएको अंकभारलाई आधार मानेर स्टार भ्यालु तय गरिएको हो । यसलाईभारतीय अनलाइन मिडिया कोइमोइलेनिकालेको हो ।

प्रकाशित : कार्तिक १८, २०७६ ०९:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT